Oct 06 2026 | २०८३, आश्विन २० गते

एनसिईद्वारा राजनीतिक दलहरुलाइ १८ बुदे माग, शिक्षामा आमुल सुधारकालागि प्रतिबद्धता गर। (माग सहित)

एनसिईद्वारा राजनीतिक दलहरुलाइ १८ बुदे माग, शिक्षामा आमुल सुधारकालागि प्रतिबद्धता गर। (माग सहित)

  • 823
    SHARES

  • एनसिईद्वारा राजनीतिक दलहरुलाइ १८ बुदे माग, शिक्षामा आमुल सुधारकालागि प्रतिबद्धता गर। (माग सहित)

    बैशाख, ४ / काठमाडौ - शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालद्वारा बैशाख ३० हुने स्थानीय निर्वाचनको को लागि लेखिने आ-आफ्नो पार्टीको घोषणापत्रहरुमा शिक्षालाई उच्च प्राथमिकता राखेर आमूल सुधारका लागि १८ बुदे माग हरु राखेको छ।

    एनसिईले संबिधानमा उल्लेख भए बमोजिम नि: शुल्क शिक्षा अधिकार सुनिस्चितताका लागि स्थानीय तहहरुले २०% स्थानिय श्रोत मार्फत छुट्याउनु पर्ने ब्यबस्था गर्नुपर्ने माग गरेको हो।

    एनसिईले संघीय शिक्षा ऐन यथाशीघ्र ल्याउने प्रतिबद्धता गर्नु पर्ने, प्रतेक स्थानीय निकायले आफ्ना स्थानिय शिक्षा ऐन नियमावली र योजनाहरु बनाइ दिगो बिकास लक्ष कार्यन्वयनको लागि योजना बनाइनु पर्ने माग गरेको छ।

    बिद्यालयला प्रबिधिमा जोड्न स्थानीय सरकारले योजना बनाइ कार्यन्वयन गर्नुपर्ने समेत बताएको छ।

    शिक्षामा बजेट ३०% छुट्याइनुु पर्ने, स्थानीय तहले पनि आन्तरिक स्रोतबाट अनिवार्य बजेट विनियोजन गर्न कानुन बनाउनु पर्ने, कोभिड १९ मा भएको सिकाइ क्षतिलाई परिपूर्ति गर्ने क्षतिपूर्ति योजना र विद्यालय छाड्ने जोखिममा रहेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउन थप बजेटको व्यवस्था सहित अविभावक सचेतना र अविभावक सहयोग कार्यक्रम गर्नु पर्ने माग गरेको छ ।

    शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालका मागहरु यस्तो छन।

    Screenshot_20220417-143257_Facebook.jpgScreenshot_20220417-143315_Facebook.jpg

    images
    आइतवार, बैशाख ४ २०७९०३:०५:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार