Oct 06 2026 | २०८३, आश्विन २० गते

छात्रालाइ दुव्र्यवहार गरेको भन्दै विद्यार्थीद्वारा बिद्यालय तोडफोड, प्रहरी द्वारा हवाइ फायर।

छात्रालाइ दुव्र्यवहार गरेको भन्दै विद्यार्थीद्वारा बिद्यालय तोडफोड, प्रहरी द्वारा हवाइ फायर।

  • 637
    SHARES

  • छात्रालाइ दुव्र्यवहार गरेको भन्दै विद्यार्थीद्वारा बिद्यालय तोडफोड, प्रहरी द्वारा हवाइ फायर।

    बैशाख, ४/ चितवन - नवलपरासी जिल्लामा छात्रालाइ दुव्र्यवहार गरेकी भन्दै विद्यार्थीहरुले बिद्यालय तोडफोड गरेका छन । गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन।

    स्रोतका अनुसार विद्यार्थीहरुले शिक्षकलाई राखेकै कोठामा पुगेर आक्रमण गर्न थालेपछि प्रहरीले हवाइफायरसमेत गरेको बताइएको छ। अहिले विद्यालय परिसर तनावग्रस्त छ ।

    विद्यार्थीहरुका अनुसार कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले संवेदनशील अंगमा छुने, अश्लिल भिडियोहरु देखाउने गरेको विद्यार्थीहरुले बताए।

    बिद्यालय परिसर भित्र प्रदर्शनमा उत्रिएका विद्यार्थीले विद्यालय तोडफोड गर्नुको साथै प्रधानाध्यापक चुडामणी शर्मा र छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकको मोटरसाइकल समेत जलाएका छन् । बिद्यालयमा आन्दोलन हुदा ६ जना प्रहरी घाइते भएको जनाइएको छ।

    एक विद्यार्थीका अनुसार शिक्षकलाइ प्रहरीले पक्राउ गरि लुकाउन खोजेको समेत बताएका छन।

    इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक प्रज्वल श्रेष्ठका अनुसार घटनाको बारे प्रहरीले अनुसन्धान गरिरहेको र शिक्षकलाई पर्क्राउ गरिसकेको बताइए।

     

    images
    आइतवार, बैशाख ४ २०७९०३:५२:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार