सोमवार, बैशाख ५ २०७९
बैशाख, ५ / काठमाडौ - एउटा बिद्यालयको शिक्षक दरबन्दी काटेर अर्कैतिर लैजान लागेको भन्दै जनप्रतिनिधि र कर्मचारी कार्यलय भित्रै थुनिएका छन। जुम्ला जिल्ला तातोपानी गाउपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई स्थानिय जनताले कार्यलय भित्रै ताला पगाएर थुनेका हुन।
स्रोतका अनुसार स्थानीयले बिहान १० बजेदेखि गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, उपाध्यक्ष गंगादेवी उपाध्याय र प्रमुख प्रशासकीय अधिकृत मिलन थापा लगायतका जनप्रतिनिधि र कर्मचारीलाई ताला लगाएर थुनेको जनाइएको छ।
थुनिसकेपछी पालिका कार्यालयलाई स्थानीयले घेराबन्दी गरेका समेत छन् । बेलुकी अबेर सम्म ताला नखुलेको बताइएको छ।