मंगलवार, बैशाख ६ २०७९
बैशाख,६ काठमाडौ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा केसर महलले B.Sc. फरेष्ट्रीमा नि:शुल्क छात्रवृत्ति अध्ययनका लागि आवेदन माग गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौं फरेष्ट्री कलेजमा नि:शुल्क छात्रवृत्तिमा अध्ययनका आवेदन माग गरेको हो ।
२०७८-०८२ सालका लागि स्नातक तहको फरेष्ट्री विषयमा छात्रवृत्ति अध्ययनका लागि ५ जना विद्यार्थी साधारण तथा समुहगत रुपमा सिफारिस तथा मनोनयन गर्नुपर्ने भएकाले आवेदन माग गरिएको जनाएको छ । छात्रवृत्ति सम्बन्धी बिस्तृत जानकारीका लागि मन्त्रायलको वेबसाईट www.moest.gov.np मा हेर्न सकिने बताइएको छ।





