शनिवार, बैशाख १० २०७९
बैशाख, १०/ काठमाडौ - काठमाडौ कलेज अफ सेन्ट्रल स्टेट (KCCS) मा कक्षा १२ मा होटेल मेनेजमेन्ट (HM) पढ्ने विद्यार्थीले Project Work अन्तर्गत दोश्रो फूड फेस्ट (Second Food Fest) २०७९ आयोजना गरेका छन। कक्षा १२ विद्यार्थीहरुको बार्षिक प्रोजेक्ट अनुसार यो कार्यक्रम आयोजना गरेको बताइएको छ।
कार्यक्रममा RITZ College of Engineering Management , Explore Institute of Hotel Management, ATHARVA Business College को सहभागिता रहेको थियो । प्रोजेक्ट वर्क कार्यक्रममा विद्यार्थी हरुले विभिन्न किसिमका परिकार हरु बनाएर प्रदर्शनी गरेका थिए ।
कार्यक्रममा विभिन्न संगितिक कार्यक्रम सरुको समेत आयोजना गरिएको थियो। Project Work कार्यक्रम संयोजन KCCS कलेजका +2 कोर्डिनेटर राजन श्रेष्ठले गरेका थिए।
कार्यक्रममा KCCS कलेजका विद्यार्थीहरुले ससेज (बफ, चिकेन), आलु स्टिक, टोफु स्टिक, मस्रुम फ्राइ, चिकेन विङ्स, चिकेन ललिपप, फ्रेन्च फ्राइ, मोमो (चिकेन, बफ, भेज), बर्गर (चिकेन, बफ, भेज), स्याण्डविच (चिकेन, भेज), पानी पुरी लगाएत परिकार हरुको प्रदर्शनी गरेका थिए।

कार्यक्रममा ATHARVA Business College का विद्यार्थीहरुले नेवारी खाजा सेट, भेज खाजा सेट, बफ र चिकेन खाजासेट, नुडल्स, (भेज , बफ, एग) ससेज, चिकेन विङ्स लगाएत परिकारहरु प्रदर्शनी गरेका थिए।
त्यसैगरी Explore Institute of Hotel Management का विद्यार्थीहरुले लस्सी, कट्टि रोल्स (चिकेन, पनिर), लगाएत का परिकारहरु बनाएर प्रदर्शनीमा राखेका थिए।

प्रदर्शनी कार्यक्रममा तपाईं हाम्रो बहुउदेश्यीय सहकारी संथाद्वारा संचालित कृषि परियोजनाले उत्पादन गरेका अर्गानिक तरकारीहरुको समेत प्रदर्सन गरेको थियो।
सांगीतिक कार्यक्रममा कलेजका विद्यार्थीहरुले गित संगित द्वारा लाइभ प्रदर्शन समेत गरेका थिए। सांगीतिक कार्यक्रममा भाग लिन नेपालका चर्चित गायत स्मिता अधिकारी, वालेन शाह लगाएतको उपस्थिति थियो भने विभिन्न सांस्कृतिक ब्याण्ड बाजा हरुको समेत सहभागी थियो।




