आइतवार, बैशाख ११ २०७९
बैशाख, ११/ काठमाडौ - स्वतन्त्र उमेदवारको रुपमा काठमाडौँ महानगरको मेयर पदमा आफ्नो उमेदवार दिएका चर्चित र्यापर तथा इन्जिनियर बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
शाहले आफ्नो उम्मेदवारी मनोनयन गर्नुअघि २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
बाले शाहले आफ्नो प्रतिबद्धता पत्रमा शिक्षा क्षेत्रलाई बिशेष जोड दिएका छन। उनले काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा व्यापक सुधार गर्ने जनाएका दिएका छन। शाहले प्राविधिक शिक्षामा जोड दिने समेत प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
प्रतिबद्धता पत्रमा शाहले निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट तथा अनुगमन गरिने समेत उल्लेख गरेका छन् ।
त्यसैगरी स्वास्थ्य क्षेत्रमा प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य क्लिनिक सुरुवात गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शाहले काठमाडौँ महानगरपालिकाको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरू सुचारु गरिने र ७० वर्ष माथिका वृद्ध वृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण घरघरमै गरिने योजना उनले अघि सारेका छन् ।