बुधवार, बैशाख १४ २०७९
१४ वैशाख, काठमाडौं । सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले परीक्षणका रुपमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।
हप्तामा दुई दिन बिदा दिने निर्णय भएपछी कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्म बढाइएको छ ।
पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो।
त्यसैगरी सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए । यद्यपि शिक्षण संस्था बन्द रहने बारे भने कस्तो प्रभाव पर्छ भन्ने कुराको छलफल हुन जरुरी छ।
यस्तो छ मन्त्रीपरिषदको निर्णय ।

