Oct 05 2026 | २०८३, आश्विन १९ गते

निर्वाचन केन्द्र रहने विद्यालय तीन दिन पुर्ण बन्द ।

निर्वाचन केन्द्र रहने विद्यालय तीन दिन पुर्ण बन्द ।

  • 1.3K
    SHARES

  • निर्वाचन केन्द्र रहने विद्यालय तीन दिन पुर्ण बन्द ।

    वैशाख, १६ - काठमाडौ । आगामी  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन केन्द्रको रुपमा प्रयोग हुने बिद्यालयहरु ३ दिन पुर्ण बन्द हुने भएका छन। निर्वाचन आयोगले मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्नका लागि तीन दिन मतदान केन्द्र रहने विद्यालय बन्द गर्न आग्रह गरेको गरेको हो।

    यस अनुरुप वैशाख २८ गतेदेखि ३० गतेसम्म ३ दिनका लागि मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले तोकिएका विद्यालयहरू तीन दिन बन्द रहने छन।

    निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदान केन्द्र रहेका विद्यालयहरूको भौतिक उपस्थिति नगराइ वैकल्पिक विधिबाट पठनपाठन गर्ने व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

    यसैगरी निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालयको भवन एवम् भौतिक संरचना मतदान प्रयोजनका लागि उपलब्ध गराउन नेपाल सरकार संघीय मामिला तथा सामान्य मन्त्रालयमार्फत् सबै स्थानीय तहमा लेखी पठाउने समेत जनाएको छ ।

     

    images
    शुक्रवार, बैशाख १६ २०७९०६:४१:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार