मंगलवार, बैशाख २० २०७९
बैशाख, २०- काठमाडौ । शिक्षक सेवा आयोगले गत चैत १५ गते लिएको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको प्रथम चरण (सामान्य) को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले गत चैत १५ गते सञ्चालन गरेको माध्यामिक तहको समान्य परीक्षामा १ हजार ५४७ शिक्षक दरबन्दी पदपूर्तिको लागि परीक्षा लिइएको परीक्षाको थियो।
शिक्षक सेवा आयोगको माध्यमिक तहको सामान्य परीक्षामा ३२,०९७ जना परीक्षार्थी सहभागी भएकोमा ३,८८६ (१२.१०%) विद्यार्थी मात्र उतिर्ण भएका छन् ।
यसअघि माद्यामिक तहमा ३६ हजार ५८२ जनाले आवेदन फाराम भरेका थिए।
आयोगका अनुसार नतिजा www.tsc.gov.np बाट हेर्न सकिनेछ ।