Oct 06 2026 | २०८३, आश्विन २० गते

यस्तो छ निमावि तहको नतिजा ।

यस्तो छ निमावि तहको नतिजा ।

  • 888
    SHARES

  • यस्तो छ निमावि तहको नतिजा ।

    वैशाख, २५ - काठमाडौ । शिक्षक सेवा आयोगद्वारा निम्न माध्यमिक तह खुला तर्फको सामान्य विषयको नतिजा गरिएको छ। आयोगले गत चैत्र १७ गते संचालन गरेको निमावि तृतीय श्रेणीको शिक्षक पदको परीक्षाफल प्रकाशित गरेको हो।

    आयोगले लगेको परीक्षामा २० हजार ९ सय ८२ जना उत्तीर्ण भएका आयोगले जनाएको छ। त्यस अनुरुप प्रदेश १ बाट १९ हजार २० परीक्षामा सहभागी भएकामा ५ हजार १ सय ८२ जना उत्तीर्ण भएका छन्। मधेस प्रदेशबाट सहभागी पाँच हजार ८ सय ५३ जना मध्येबाट १ हजार ११ जना उत्तीर्ण भएका छन्।

    त्यसैगरी बागमती प्रदेशबाट परीक्षामा सहभागी ११ हजार ५ सय २६ मध्येबाट ३ हजार ५ सय ७७ जना उत्तीर्ण भएका आयोगले जनाएको छ। गण्डकी प्रदेशबाट १४ हजार दुई सय ६ सहभागीमध्ये ४ हजार ३ सय ४१ जना, कर्णालीमा ४ हजार ७ सय ८८ ले परीक्षा दिएकोमा १ हजार ६९ जना उत्तीर्ण भएका छन्।

    त्यस्तै लुम्बिनी प्रदेशबाट परीक्षामा सहभागी ११ हजार ८ सय ४४ मध्येबाट ३ हजार ३ सय ६१ जना उत्तीर्ण भएका छन् भने सुदूरपश्चिम प्रदेशबाट परीक्षामा सहभागी ६ हजार ६ सय ६९ मध्येबाट दुई हजार ४ सय ४१ जना उत्तीर्ण भएका आयोगले जनाएको छ।

    आयोगका अनुसार लिखित परीक्षामा उत्तीर्ण भएका उमेदवारहरूको विषयगत परीक्षा असार ११ गते हुने आयोगले जनाएको छ।

    नतिजा हेर्न आयोगको वेबसाईट www.tsc.gov.np मा हेर्न सकिने छ।

     

    images
    आइतवार, बैशाख २५ २०७९१०:३६:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार