Oct 06 2026 | २०८३, आश्विन २० गते

बैशाख २८ देखि जेठ २ सम्म लगातार ६ दिन विद्यालय बन्द रहने।

बैशाख २८ देखि जेठ २ सम्म लगातार ६ दिन विद्यालय बन्द रहने।

  • 1.5K
    SHARES

  • बैशाख २८ देखि जेठ २ सम्म लगातार ६ दिन विद्यालय बन्द रहने।

    बैशाख, २५- काठमाडौ । स्थानीय तहको निर्वाचन केन्द्र रहेका बिद्यालयहरु २८ देखि ३० गतेसम्म बन्द हुने र त्यसलगत्तै सनिवार र बुद्ध जयन्ती पर्ने भएकोले लगातार ६ दिन बन्द हुने भएका छन्।

    मतदान केन्द्र रहेका विद्यालयहरू २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द हुने र ३१ गते शनिबार , जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुईदिन बिदा दिने सरकारी निर्णय र २ गते बुद्धजयन्ती परेका कारण ६ दिन बन्द हुने भएका हुन्।

    यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरुलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिइसकेको छ।

    यद्यपि सरकारले हप्तामा दुई दिन सार्वजनिक दिने निर्णय निजि शिक्षण संस्था र संचालकहरुले भने नमान्ने जनाएका छन, भने सरोकारवालाहरुले समेत शिक्षण संस्था दुइदिन बन्द रहने सरकारको निर्णय अबैज्ञानिक रहेको बताएका छन।  

     

    images
    आइतवार, बैशाख २५ २०७९०६:४५:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार