Oct 05 2026 | २०८३, आश्विन १९ गते

शिक्षकले भने सम्मानजनक जिम्मेवारी नदिए कार्यक्षेत्रमा नजाने ।

शिक्षकले भने सम्मानजनक जिम्मेवारी नदिए कार्यक्षेत्रमा नजाने ।

  • 1.7K
    SHARES

  • शिक्षकले भने सम्मानजनक जिम्मेवारी नदिए कार्यक्षेत्रमा नजाने ।

    बैशाख, २६- काठमाडौ । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कर्मचारी व्यवस्थापनमा शिक्षकको मान सम्मानमा आँच पुग्ने गरी खटाइए तोकिएको कार्यक्षेत्रमा गई काम गर्न बाध्य नहुने शिक्षकहरूले चेतावनी दिएका छन्।

    रामेछाप जिल्लाका विभिन्न पेशागत शिक्षक संघ/संगठनले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै सम्मानजनक जिम्मेवारी नदिए कार्यक्षेत्रमा नजाने चेतावनी दिएका हुन् । 

    शिक्षकहरूको तहगत र श्रेणीगत स्तरलाई वास्ता नगरी जिम्मेवारी तोकिएको भन्दै शिक्षकहरुको स्वाभिमान  प्रश्न उठेको शिक्षक संघ / संगठनहरुले आरोप लगाएका छन्।

    निर्वाचन कार्यालय रामेछापलाई ध्यानाकर्षण गराउँदै विभिन्न संघ/ संगठनहरुले शिक्षकको मान सम्मानमा आँच पुग्नेगरी जिम्मेवारी दिएको भन्दै असहमति व्यक्त गरेका हुन्।

    यस्तो छ, ध्यानाकर्षण पत्र।

    Screenshot_20220509-195055_Facebook.jpg

    images
    सोमवार, बैशाख २६ २०७९०८:२६:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार