Oct 06 2026 | २०८३, आश्विन २० गते

शिक्षण संस्थामा हप्तामा २ दिन बिदा दिने निर्णय तत्काल फिर्ता गर्न एनप्याब्सनको माग। (बिज्ञप्ति सहित)

शिक्षण संस्थामा हप्तामा २ दिन बिदा दिने निर्णय तत्काल फिर्ता गर्न एनप्याब्सनको माग। (बिज्ञप्ति सहित)

  • 977
    SHARES

  • शिक्षण संस्थामा हप्तामा २ दिन बिदा दिने निर्णय तत्काल फिर्ता गर्न एनप्याब्सनको माग। (बिज्ञप्ति सहित)

    बैशाख, ३१ काठमाडौ - हालै सरकारले हप्तामा दुई दिन बिदा दिने गरेको निर्णय फिर्ता गर्न राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले माग गरेको छ।  एनप्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीले आज एक विज्ञप्ति जारी गर्दै विद्यालयमा हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल फिर्ता गर्न नेपाल सरकारसँग माग गरेको हो।

    विद्यार्थीको सिकाइ उपलब्धि झन झन कमजोर बन्दै गइरहेको बर्तमान अवस्थामा थप आइतबार समेत बिदा दिने निर्णयले विद्यार्थीको सिकाइ थप कमजोर हुने बिज्ञप्तिमा जनाएको छ।

    बिगत दुई बर्ष देखि कोभिडका कारण पठनपाठन अस्तब्यस्त रहेको र पठनपाठन क्रियाकलाप लयमा नआइसकेको बर्तमान परिस्थितिमा आइतबार पनि बिदा दिने निर्णय पुर्णतः अबैज्ञानिक रहेको बताइएको छ। सरकारले सरोकारवाला निकाय संग कुनै किसिमको छलफल नै नगरी एक्कासी गरेको निर्णय लागू गर्न नसकिने बताएको छ।

    एसोसिएसनले भनेको छ, 'मनमैजी र एकलौटी ढंगले घोषणा गरेको आइतबारे बिदा प्रती एनप्याब्सन घोर बिरोध गर्दछ।' अगाडि भनिएको छ, बर्षभरी हुने अनेक प्रकारका बन्द, हडताल, तथा बिदाहरुका कारण विद्यार्थीको पठनपाठन अबरुद्ध भैरहेको अवस्थामा सरकारको तर्फबाट थोपरिएको आइतबारे बिदा ले थ अन्यौल र पठनपाठन निष्प्रभावी हुने र अन्त्यमा विद्यार्थीको सिकाइ उपलब्धि कमजोर हुने हुदा शिक्षक, विद्यार्थी तथा अभिभावक हरुमा समेत नकारात्मक प्रभाव पर्ने बताइएको छ।

    शिक्षा ऐन मा ब्यबस्था गरिए अनुसार कार्यदिशा र कार्यघण्टालाइ प्रत्यक्ष प्रभाव पार्ने गरि थप बिदा गरिदा आगामी दिनहरुमा तोकिएको पाठ्यक्रम पूरा गर्न नसकिने बिज्ञप्तिमा जनाइएको छ।

    यस्तो छ बिज्ञप्तिको पुर्ण पाठ ।

    FB_IMG_1652520895064.jpg

    images
    शनिवार, बैशाख ३१ २०७९०३:४६:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार