Oct 06 2026 | २०८३, आश्विन २० गते

आइतवार बिद्यालय बन्द नगर्न बुढानिलकण्ठ नगरपालिकाको निर्देशन।

आइतवार बिद्यालय बन्द नगर्न बुढानिलकण्ठ नगरपालिकाको निर्देशन।

  • 552
    SHARES

  • आइतवार बिद्यालय बन्द नगर्न बुढानिलकण्ठ नगरपालिकाको निर्देशन।

    जेठ, ४- काठमाडौ ।काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले एक सूचना जारी गर्दै एस्तो निर्देशन दिएको हो।

    बूढानीलकण्ठ नगरपालिकाले नेपाल सरकार गृहमन्त्रालयले हप्तामा दुइदिन बिदा दिने निर्णय गरेपनि साबिक बमोजिम विद्यालय सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ ।

    त्यसैगरी सरकारको दुई दिन विदा दिने निर्णयले शैक्षिक क्षेत्रमा क्षति पुर्याउने भन्दै विभिन्न स्थानीय तहले तत्काललाई पूर्ववत अवस्थामा विद्यालय सञ्चालन गर्न निर्देशन दिन थालेका छन् ।

    कोरोनाले थला पारेको शैक्षिक उपलब्धि पुनःकायम गर्न, शैक्षिक क्यालेण्डर पूर्ववत अवस्थामा ल्याउन भन्दै तत्काललाई साबिक बमोजिम नै कक्षा सञ्चालन गर्न निर्देशन दिन थालेका हुन् । यसअघि भक्तपुर नगरपालिकाले साबिक बमोजिम शुक्रबारदेखि आइतबार विद्यालय सञ्चालन गर्नेगरी मातहतका विद्यालयलाई निर्देशन दिइसकेको छ ।

    त्यसैगरी त्रिभुवन विश्वविद्यालयले पनि शैक्षिक क्यालेण्डर प्रभावित हुने, पूर्वनिर्धारित परीक्षा लगायतका काम कारबाही प्रभावित हुने भन्दै नेपाल सरकारले परीक्षणको रूपमा आजदेखि लागू हुने गरी हप्तामा दुई दिन ९प्रत्येक शनिबार र आइतबार० सावर्जनिक बिदा दिने गरी निर्णय गरेको भए पनि तत्काललाई साबिक बमोजिमनै शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने भएको छ ।

    त्यसैगरी सरोकारवाला र शिक्षाविद्हरूले समेत सरकारको यस्तो निर्णयलाई अव्यावहारिक संज्ञा दिएका छन्। विज्ञले ब्रत बसेर अनिकाल टार्छु भन्नु र शैक्षिक संस्था बन्द गरेर आर्थिक अवस्र्था स्थिर बनाउँछु भन्नु एउटै भएको टिप्पणी गरेका छन् ।सरकारको यो निर्णयले केको समाधान खोजेको हो भन्ने नै प्रष्ट नभएको शिक्षाविद् प्राडा विद्यानाथ कोइराला बताउँछन् । ‘पढाउने, केही गर्छु भन्ने शिक्षकलाई घाटा भएको छ तर अल्छी गर्नेलाई भने हाइसन्चो भया, जो साँच्चै पेशाकर्मी थिए उनीहरूलाई घाटा पर्ने भयो’ उनले भने ।”

    FB_IMG_1652797490619.jpg

    images
    बुधवार, जेठ ४ २०७९०७:५४:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार