Jul 28 2026 | २०८३, श्रावण १२ गते

निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला। (बिज्ञापन सहित)

निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला। (बिज्ञापन सहित)

  • 2.5K
    SHARES

  • निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला। (बिज्ञापन सहित)

    जेठ, ९ गते काठमाडौ - शिक्षक सेवा आयोगले निम्न माध्यमिक (निमावि) तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला गरेको छ। आयोगले जेठ ६ गतेको निर्णय अनुसार निमावि तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला गरेको हो।

    सूचना अनुसार शिक्षक सेवा आयोग नियमावली¸ २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ख) बमोजिम तोकिएको न्यूनतम योग्यता र तालिम पुगेका इच्छुक ब्याक्तिहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np/ मार्फत अनलाइन दरखास्त फाराम भर्न सकिने जनाएको छ।

    आयोगका अनुसार अनलाइन दरखास्तमा आवेदन गर्दा ब्यक्तिगत विवरण एवम् पेस गरेका कागाजातहरु राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन/संशोधन तथा थपघट गर्न नसकिने व्यहोरा सूचित गरिएको छ ।

    आयोगले ब्यक्तिगत विवरण र पेस गर्नुपर्ने कागजातहरु सुनिश्‍चित गरेर मात्र अनलाइन दरखास्त फाराम भर्नुहुन तथा पछि फरक परेमा वा पर्न गएमा व्यक्ति स्वयम् जवाफदेही/उत्तरदायी हुनु पर्ने जनाएको छ।

    यस्तो छ बिज्ञापन

    FB_IMG_1653295317507.jpgFB_IMG_1653295321280.jpgFB_IMG_1653295402519.jpg

    images
    सोमवार, जेठ ९ २०७९०२:४४:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार