मंगलवार, जेठ १० २०७९
जेठ, १० काठमाडौ । पछिल्लो चरणमा मुलुकभर यौन हिंसा र बलात्कारको घटनाहरु तिब्र बढिरहेको छ।
यसै क्रममा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीमा दुई शिक्षक पक्राउ गरेका छन् । जिल्लाको सत्यवती माध्यमिक विद्यालयमा अध्यनरत नाबालिका छात्रालाई सोही विद्यालयका शिक्षकलाई पक्राउ गरिएको हो।
बिद्यालयका शिक्षक प्रकाश भट्टराई र नीलकण्ठ बस्यालले यौन दुर्व्यवहार गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले बताए अनुसार आरोपित शिक्षक भट्टराईले गत बर्षको भदौ महिनादेखि र बस्यालले माघदेखि छात्रामाथि यौनजन्य क्रियाकलापका लागि फकाउने, यौन दुर्व्यवहार गर्ने गरेको पाइएको छ। हाल दुबै जना शिक्षकलाई अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको बताइएको छ।
त्यसैगरी शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै काठमाडौं
को चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित भएका छन् । कलेजका संयोजकसमेत रहेका सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।
पटक-पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।मंगलबार बिहान कलेज परिसरमा प्रदर्शनपछि उनीहरू महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा समेत उत्रिएका छन्।
प्रहरिका अनुसार घटनाबारे अनुसन्धान भइरहेको, कलेज प्रशासन र विद्यार्थीसँग बुझ्ने काम भइरहेको बताइएको छ ।