मंगलवार, जेठ १० २०७९
जेठ, १० काठमाडौ - चावेल स्थित सेन्ट लरेन्स कलेजका छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षक पक्राउ परेका छन। यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले शिक्षक जनार्दन अधिकारी र राजनकुमार पौडेल लाई पक्राउ गरेको हो।
यसअघि विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरू आन्दोलित भएका थिए। विद्यार्थीले आन्दोलन गरे लगत्तै प्रहरीले आरोपित जनार्दन अधिकारीलाई पक्राउ गरेको र त्यसपछि लगत्तै अर्का शिक्षक राजनकुमार पौडेललाई पनि पक्राउ गरेको प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ।
उनीहरूविरूद्ध कक्षा ११ का तीन जना छात्राले जाहेरी दिइसकेका छन्। त्यस्तै, अन्य दुई जनाले पनि आफूहरूमाथि दुर्व्यवहार भएको बताएका छन्। यद्यपि उनीहरूले जाहेरी दिइसकेका छैनन्। 
शिक्षकहरूले विद्यार्थीहरूमाथि अनैतिक रूपमा छुने, आफ्नो घरमा बस्न र यौन सम्पर्क राख्न प्रस्ताव समेत राख्ने गरेको विद्यार्थीहरुले आरोप लगाएका थिए।
यी कुरा खुलेपछि विद्यार्थीहरूले कलेज प्रशासनलाई पहिल्यै जानकारी गराएको तर प्रशासनले भित्रैभित्र मिलाउन खोजेपछि विद्यार्थीहरू आन्दोलित बनेका थिए। 
छात्रामाथि यौन प्रस्ताव राख्ने शिक्षक अधिकारी एमाले नेता गोकुल बास्कोटाको विज्ञ सल्लाहाकार भएको प्रारम्भिक जानकारी आएको छ। काभ्रेको भुम्लु गाउँपालिका घर भएका उनी पूर्व सुचना तथा संचारमन्त्री गोकुल बास्कोटाको विज्ञ सल्लाहाकार समेत रहेको खुलेको बताइएको छ। बास्कोटा यसअघि सुचना संचारमन्त्री रहँदा उनलाई मिडिया विश्लेषकको रुपमा नियुक्ती गरिएको श्रोतले जनाएको छ।
शिक्षक अधिकारीले हल्ला गरे अथवा कुरा बाहिर ल्याए छात्रहरुलाई रेस्टिकेड गरिदिने भन्दै धम्की दिँदै क्याफेमा बोलाएर यौन हिंसा गर्ने गरेको बुझिएको छ ।
अधिकारीले ती विद्यार्थीलाई मिनिस्कर्ट लगाको कसतो सेक्सी देखिएको भन्दै सामाजिक संजालमा मेसेज गर्ने, ‘विल यु वि माई बेड पार्टनर’, तिम्रो घर टाढा छ मेरो घरमै बस भन्ने गरेको खुलेको छ ।