बुधवार, जेठ ११ २०७९
जेठ, ११ काठमाडौ - त्रिभुवन विश्वविद्यालयको ६३ औं वार्षिक दिवसको अवसरमा विद्यार्थीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने भएको छ ।विश्वविद्यालय शिक्षाध्यक्षको कार्यलय, समन्वय महाशाखाले एक सूचना प्रकाशित गर्दै यस्तो बताएको हो।
पुरस्कार बितरण कार्यक्रममा सहभागि हुनका लागि विद्यार्थीहरुले विश्वविद्यालयले तोकेको मापदण्ड भित्र रहेर सूचना प्रकाशित गरेको १५ दिनभित्रमा आइपुग्ने गरी संबंधित शोधपत्र व्याक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, लगायत संलग्न गरी आवेदन दिन सकिने छ ।
बिश्वबिद्धालयले, श्री कृष्णचन्द रेग्मी पुरुस्कार, श्री मोहनचन्द मनदेवी रेग्मी पुरुस्कार, श्री बाबुकृष्ण रिजाल पुरस्कर, श्री बेलुविश्वेश्वर चटौत स्मृति पुरस्कार (२०७८) र बेलुविश्वेश्वर चटौत स्मृति पुरस्कार (२०७९) प्रदान गर्ने छ।
बिस्तृत जानकारीका लागी हेर्नुस सूचना ।
