बुधवार, जेठ ११ २०७९
जेठ, ११ काठमाडौ ।राजापुर नगरपालिका बर्दियाका मेयर दिपेश थारुले दलमा आवद्ध भइ राजनीति गर्ने शिक्षकहरुलाई तत्काल राजीनामा दिन निर्देशन दिनुभएको छ। नवनिर्वाचित मेयरले
नगरपालिकाको मेयरमा निर्वाचित भएसँगै शिक्षा क्षेत्रको विकासका निम्ति खरो भएर उत्रनुभएका मेयर थारुले राजनीति गर्ने शिक्षकहरुलाई यस्तो निर्देशन गर्नुभएको हो ।
मेयर थारुका अनुसार कुनैपनी राजनीतिक दलको कार्यकारी पदमा आवद्ध हुँदा पठनपाठन कार्य समेत अवरुद्ध हुने र त्यस्तो कार्यले विद्यार्थीको भविस्य माथी खेलवाड हुने गर्छ।
यस्ता आचरण बिरोधी काम तत्काल रोक्न ७ दिनभित्र राजीनामा दिए नदिएको जानकारी पठाउन समेत नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई निर्देशन दिइएको छ ।
पदभार ग्रहण गरेसँगै मेयर थारुले द्वन्द्व प्रभावित व्यक्तिका परिवारका युवाहरुलाइ रोजगारीको ब्यवस्था गर्ने समेत बताउनुभएको छ ।
यस्तो छ मेयर थारुको निर्देशन ।
