Oct 06 2026 | २०८३, आश्विन २० गते

शिक्षा बिकास तथा समन्वय इकाइ चितवनद्वारा आइतबार बिद्यालय बन्द गर्न निर्देशन।

शिक्षा बिकास तथा समन्वय इकाइ चितवनद्वारा आइतबार बिद्यालय बन्द गर्न निर्देशन।

  • 2.1K
    SHARES

  • शिक्षा बिकास तथा समन्वय इकाइ चितवनद्वारा आइतबार बिद्यालय बन्द गर्न निर्देशन।

    जेठ १३ चितवन। शिक्षा बिकास तथा समन्वय इकाइ चितवनले निजि तथा सामुदायिक बिद्यालय आइतवार बन्द गर्न निर्देशन गरेको छ। इकाइले स्थानिय तहका शिक्षा प्रमुख, नेपाल शिक्षक महासंघ चितवन, एवं प्याब्सन चितवनको शुक्रवार संयुक्त बैठक बसि सातामा दुई दिन बिदा दिने नेपाल सरकारको निर्णय कार्यन्वयन गर्न जिल्लाका सबै बिद्यालयहरुलाइ निर्देशन दिएको हो।

    शिक्षा तथा मानव श्रोत बिकास केन्द्रद्वारा च.नं. ९४ मिति २०७९ बैशाख २८ को पत्र अनुसार नेपाल सरकार र मन्त्रीपरिषद बाट परिक्षणको रुपमा मिति २०७९ जेठ १ देखि लागू हुने गरि शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय प्रभावकारी रुपमा लागू गर्ने जनाइएको छ।

    इकाइले जिल्ला समन्वय इकाइले शिक्षण संस्थामा हुने पठनपाठन लगाएत क्रियाकलापलाई थप ब्यबस्थित गरि निर्णय कार्यन्वयनमा एकरूपता ल्याउन प्रताचार गरिएको बताइएको छ।

    निर्देशन अनुसार बिद्यालयहरुले साबिक बमोजिम नै बिहाना १० देखि ४ बजे सम्म पठनपाठन गराउने, शुक्रवार १ बजे सम्म पठनपाठन गराउदै आएकोमा दिनको ४ बजे सम्म पठनपाठन गर्ने गराउने, राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले निर्दिष्ट गरे बमोजिम पाठ्यघण्टा र कार्यघण्टा नघट्ने गरि पठनपाठनका कार्य संचालन गर्ने बताइएको छ।

    आइतवार बिदा दिइएका अनुसार हिउदे वा बर्षे वा अन्य बिदा बाट कटाइ ओउर्ती गर्ने समेत बताइएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

     

    images
    शुक्रवार, जेठ १३ २०७९०४:५२:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार