शनिवार, जेठ १४ २०७९
जेठ, १४ काठमाडौ - शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले शुन्य दरवन्दीमा सञ्चालन भएका विद्यालयहरूलाई शिक्षण सिकाइ सहयोग अनुदानकालागी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ।
बागमती प्रदेश भित्र माध्यमिक तहको कक्षा ९ र १० दरबन्दी, राहात, अनुदान कोटा नभै संचालनमा रहेका सामुदायिक बिद्यालयहरुलाइ प्रस्ताव पेस गर्न सुचना जारी गरेको हो।
शिक्षा बिकास निर्देशनालय बागमती प्रदेशले मिति २०७९ बैशाख २३ गते सुचना प्रकाशन गर्दा स्थानिय तहको निर्वाचनको कारणले पर्याप्त मात्रामा निवेदन पेश नभएको हुदा यश कार्यक्रममा सहभागी हुनशिक्षण शिकाइ सहयोग अनुदान सम्बन्धि मापदण्ड २०७८ को बुदा नं. २ बमोजिमको आधारहरु पूरा गरेका बिद्यालयहरुले यो सुचना प्रकाशित भएको ७ दिन भित्र शिक्षा बिकास निर्देशनालय हेटौडा मा प्रस्ताव पेश गर्न अनुरोध गरेको छ।
बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।
