सोमवार, जेठ १६ २०७९
जेठ, १६ काठमाडौ - नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले शिक्षक संगठनले बजेट संशोधन गर्न अपिल गरेको छ। संगठनले नेपाल सरकारद्वारा प्रस्तुत गरिएको आर्थिक बर्ष २०७९/८० को बजेट निर्माण प्रक्रियामा दिएको सुझाव सम्बोधन नगरी बजेट आएको भन्दै संशोधनका लागि अपिल गरेको हो ।
संगठनका महासचिव हंसबहादु शाहीले एक बिग्यप्ति जारी गर्दै विगत देखि शिक्षामा लगानी वृद्धि, शिक्षक दरबन्दीको अभाव, इसिडी शिक्षक, विद्यालय कर्मचारी, प्रविधि विभिन्न अनुदानमा नियुक्त शिक्षक, परम्परागत शिक्षक, विशेष विद्यालयका शिक्षकहरुको तलब सुविधाको साथै योगदानमा आधारीत सामाजिक सुरक्षा निती, विद्यालय खाजा कार्यक्रमको बारेमा उठाइएका सवालहरुका बारेमा वक्तव्य मौन रहेको बताइएको छ।
संगठनले शिक्षामा लगानी वृद्धि गरि सार्वजनिक शिक्षाको गुणस्तर उकास्ने प्रगतिशील कार्यक्रम ल्याउने आशा गरिएकोमा गत वर्ष विभेद महसुस भएका निजामति विद्यालय विस्तार, अस्पताल तथा पर्यटन काजको बारेमा दिइएको आश्वासनका बारेमा वक्तव्य मौन रहेको विज्ञप्तिमा उल्लेख गरएिको छ ।
हाल शैक्षिक सत्र सुरु भैसकेको र विद्यार्थीका लागि निशुल्क पाठ्यपुस्तक अझै प्राप्त नभएको र दुर्गम क्षेत्रका विद्यालयसम्म निशुल्क पाठ्यपुस्तक पुर्याउने चुनौति बढेको भन्दै पूर्वाधारका हिसावले सुसम्पन्न विद्यालय प्रतिवद्ध र प्रोत्साहित शिक्षक अत्याधुनिक शिक्षण प्रविधि मार्फत सार्वजनिक विद्यालयमा सबैका लागि निशुल्क गुणस्तरीय शिक्षा प्रदान गर्न संगठनको अपेक्षा यो आर्थिक वर्ष पनि पुरा हुन नसकेको विज्ञप्तिमा छ ।
महासंघले पुर्वाधार मा सुसम्पन्न बिद्यालय प्रतिबद्ध र प्रोत्साहित शिक्षक अत्याधुनिक शिक्षण प्रबिधी मार्फत बिद्यालयमा नि: शुल्क र गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षक संगठनको अपेक्षा पुरा हुन नसकेको भन्दै बजेट वक्तव्यको संशोधनको लागि सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै नेपाल शिक्षक महासंघलाई तत्काल धारणा निर्माण गरी प्रधावकारी कदम चाल्न आग्रह गरेको छ ।
