Oct 06 2026 | २०८३, आश्विन २० गते

घुस लिने क्रममा बिद्यालयका प्र.अ र अध्यक्ष पक्राउ ।

घुस लिने क्रममा बिद्यालयका प्र.अ र अध्यक्ष पक्राउ ।

  • 750
    SHARES

  • घुस लिने क्रममा बिद्यालयका प्र.अ र अध्यक्ष पक्राउ  ।

    जेठ, १९ महोत्तरी : विद्यालय भवन निर्माण भुक्तानी कार्य सहज गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिने क्रममा महोत्तरीका एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका छन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीको एकडारा गाउँपालिका १ मा रहेकाे एकडारा माविका प्र.अ. रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानलाई पक्राउ गरेको हो।

    विद्यालय भौतिक संरचना स्तरोन्नति गर्ने क्रममा अवरोध सृजना गरी विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने गोप्य सूचना एवं उजुरी निवेदनको आधारमा अनुसन्धान टोलि जाँदा जलेश्वरस्थित मामाज किचन फेमिली रेष्टुरेन्ट एवं गेष्ट हाउसबाट सेवाग्राहीसँग ५० हजार रुपैयाँ रकम घुस लिईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जमाइएको छ।

    आयोगका अनुसार घटनास्थलमा मुचुल्कालगायतको आवश्यक कामकाज गरी थप अनुसन्धान भईरहेको जनाएको छ।

     

    images
    बिहिवार, जेठ १९ २०७९०८:५४:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार