Oct 06 2026 | २०८३, आश्विन २० गते

बाताबरण दिवसको अवसरमा साइरियस स्कुलका विद्यार्थीद्वारा सडक सरसफाइ।

बाताबरण दिवसको अवसरमा साइरियस स्कुलका विद्यार्थीद्वारा सडक सरसफाइ।

  • 1.2K
    SHARES

  • बाताबरण दिवसको अवसरमा साइरियस स्कुलका विद्यार्थीद्वारा सडक सरसफाइ।

    जेठ, २२ काठमाडौ - बर्ष जुन ५ मा मनाइने बिश्व वातावरण दिवस दुनियाँ भरी बढ्दो किसिमको जलबायु प्रदुषण विरुद्ध जीव जनावर र मानव जातीका निम्ती प्रकृति अनुकुल स्वास्थ्यकर बनाइ पृथ्वीको बचाउ गर्न जनचेतना अभिबृद्धि गर्ने उदेश्यले संसार भरी मनाइन्छ।

    यसैगरी आज नेपालमा समेत विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै बिश्व वातावरण दिवस मनाइएको छ।

    यसै सम्दर्भमा बिश्व बाताबरण दिवसको अवसरमा साइरियस स्कुलका विद्यार्थीले सडकमा गएर सरसफाइ कार्यक्रम गरेका छन। कलंकि बाफल स्थित Sirius English Boarding School मा कक्षा ८,९ र १० मा अध्यनरत विद्यार्थीहरु सडक सरसफाइमा जुटेका हुन्।20220605_111316.jpg20220605_111321.jpg

    स्कुलका प्रीन्सिपल दामोदर भुसालको नेतृत्वमा स्कुल वरिपरिकोको सडकमा विभिन्न प्लास्टिक जन्य फोहोरहरु हटाइ विद्यार्थीहरुले सरसफाइ गरेका छन। झन्डै ५० जना विद्यार्थीहरुले स्कुल पोशाकमै हातमा कुचो र फोहोर टिप्न प्रयोग गरिने डोको, बोरा बोकेर सडक सरसफाइ गरेका हुन।20220605_111340.jpg20220605_111312.jpg

     

    images
    आइतवार, जेठ २२ २०७९०५:२९:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार