Oct 06 2026 | २०८३, आश्विन २० गते

७७ वटै जिल्लामा पाठ्यपुस्तक उपलब्ध छ: जनक शिक्षा

७७ वटै जिल्लामा पाठ्यपुस्तक उपलब्ध छ: जनक शिक्षा

  • 380
    SHARES

  • ७७ वटै जिल्लामा पाठ्यपुस्तक उपलब्ध छ: जनक शिक्षा

    जेठ, २४ काठमाडौं - जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लाहरुमा कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तकहरु उपलब्ध भैसकेको जानकारी दिएको छ। केन्द्रले समयमै विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएको गुनासो आएपछि जेठ ५ गते देखि पाठ्यपुस्तकहरु बिक्री वितरण गरीरहेको जानकारी दिएको हो ।

    केन्द्रले एक सुचना जारी गर्दै विगतमा पाठ्यपुस्तक ढुवानी बिक्री वितरणको सन्दर्भमा कतिपय अवस्थामा स्थानीय बिक्रेताले पाठ्यपुस्तक प्रादेशिक कार्यालयबाट समयमा नै नलैजाने, स्थानीय बिक्रेताकोमा उपलब्ध हुँदाहुँदै पनि विद्यालयले समयमा खरिद नगर्ने जस्ता कारणहरुले विद्यार्थीले समयमा नै पाउनुपर्ने पाठ्यपुस्तकहरु पनि नपाएको देखिएको जानकारी दिदै हाल बिक्रि वितरण भइरहेको जनाएको हो ।

    त्यसैगरी केन्द्रले विद्यालयहरुले पाठ्यपुस्तक प्राप्त नगरेको भएमा स्थानीय बिक्रेता मार्फत पाठ्यपुस्तक लिने व्यावस्था मिलाउनुहुन र विद्यालयहरुलाई आवश्यक पर्ने पाठ्यपुस्तकहरु स्थानीय बिक्रेताकोमा उपलब्ध नभएको भएमा कक्षा र विषय खुलाई स्थानीय बिक्रेता मार्फत केन्द्रका प्रादेशिक कार्यलयहरुमा जानकारी गराउन आग्रह गरेको छ ।

    त्यसैगरी केद्रले यो बाहेक स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइ र केन्द्रीय कार्यालय सानोठिमिमा समेत जानकारी गराउनुहुन आग्रह समेत गरेको छ ।

    Screenshot_20220607-072236_Facebook.jpg

    images
    मंगलवार, जेठ २४ २०७९०८:००:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार