Oct 06 2026 | २०८३, आश्विन २० गते

अभिनेता राजेश हमालले जन्मदिनमा विद्यार्थीलाई ट्याब वितरण गरे!

अभिनेता राजेश हमालले जन्मदिनमा विद्यार्थीलाई ट्याब वितरण गरे!

  • 426
    SHARES

  • अभिनेता राजेश हमालले जन्मदिनमा विद्यार्थीलाई ट्याब वितरण गरे!

    जेठ, २६ काठमाडौं । अभिनेता राजेश हमालले आफ्नो जन्म दिनको अवसरमा विद्यार्थीहरुलाइ ट्याब बितरण गरेका छन। नायक हमालले मंगलबार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ ज्यामिरे पुगेर विद्यार्थीहरुलाई ट्याब वितरण गरेका हुन्।

    ज्यामिरेको पञ्चकन्या आधारभूत विद्यालय र शर्भासुधा आधारभूत विद्यालयका विद्यार्थीलाई अभिनेता हमालले अमेरिकास्थित ‘के फाउन्डेसन’बाट प्राप्त ट्याब वितरण गरेका हुन् ।

    अमेरिका बस्दै आएका प्रकुल न्यौपानेको सहयोगमा दुई विद्यालयका लागि ५/५ वटा ट्याब वितरण गरिएको थियो । १६ वर्षीय प्रकुलले ट्याबमा विद्यार्थी सिकाउने नयाँ प्रविधिको प्रयोग गर्दै अनलाइन कोर्सको समेत डिजाइन गरेका छन् ।

    ट्याब हस्तान्तरण कार्यक्रममा अभिनेता हमालले प्रकुलले दुर्गम क्षेत्रका विद्यार्थीका लागि डिजिटल प्रविधिसँग जोड्न ट्याब उपलब्ध गराउनु प्रशंसनीय कार्य भएको बताए । उनले विद्यार्थीलाई ट्याबको सही सदुपयोग गराउन शिक्षकहरुलाई आग्रह समेत गरे ।

    समाजलाई दिशानिर्देश गर्न शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले विद्यार्थीहरुलाई शिक्षामा जोड दिन उनले सुझाए ।

     

    images
    बिहिवार, जेठ २६ २०७९०४:०८:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार