शनिवार, जेठ २८ २०७९
जेठ, २७ काठमाडौ - सेन्ट्रल स्टेट एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटले नेपालको शैक्षिक क्षेत्रमा छुट्टै र विशिष्ट पहिचान बनाइसकेको छ ।
गुणस्तरीय पढाईका साथै बिद्यालय र कलेजमा विभिन्न रचनात्मक कृयाकलापले समेत विद्यार्थीको रोजाइ मा पर्दै आएको काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटले नयाँ विद्यार्थीहरुको स्वागत र पुरानो विद्यार्थीहरुकोको बिदाइको अवसरमा भब्य कार्यक्रम सम्पन्न गरेको छ।
कलेजको BBS, BSW second year र BCA पहिलो सत्रका नयाँ विद्यार्थीहरुलाइ स्वागत र BBS र BSW Pass Out विद्यार्थीहरुलाइ बिदाइका लागि BBS,BSW second year र BCA second semester का विद्यार्थीहरुले कार्यक्रम गरेका हुन्।
विद्यार्थीहरुले गरेको यस स्वागत तथा बिदाइ कार्यक्रममा कार्यक्रममा मुक्ति विकास बैंकका अध्यक्ष भरत ढकाल प्रमुख अतिथि, Prof. Dr Jivlal sapkota को विशिष्ट अतिथि र संवृद्धि fainanc कम्पनी का चिफ क्रेडिट officer को विशिष्ट अथित्यता ग्रहगरेका थिए।
कालिमाटी ब्याङ्केटमा भएको उक्त कार्यक्रममा बिदाइ हुने विद्यार्थीहरुलाइ मायाको चिनो समेत प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थी हरुले आ आफ्नो प्रतिभा विद्यार्थीहरु माझ पस्किएका थिए।
यसअघि कलेजले रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो।