आइतवार, जेठ २९ २०७९
जेठ, २९ काठमाडौं – त्रिभुवन विश्वविद्यालयकाे प्रशासनमा लागेकाे ताला खुलेको छ। बिश्वबिद्धालय र आंसिक प्राध्यापक केन्द्रिय संघर्ष समिती बिच सहमती भएपछी उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा लागेकाे ताला खुलेकाे हाे।
विभिन्न माग राख्दै कांग्रेस निकट विद्यार्थी संगठनले माघ ६ गते र आंशिक प्राध्यापकहरुले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए।
त्रिभुवन बिश्वबिद्धालय संग नेपाल विद्यार्थी संघले शुक्रबार र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले आइतबार गरेको बार्ता मा सहमती भएपछी ताला खोलेका हुन्।
योसँगै करिब १४० दिनभन्दा बढी समयदेखि बन्द रहेको विश्वविद्यालयको प्रशासनिक कामहरु नियमित हुने भएको छ।
आंशिक प्राध्यापकको ताला खोल्न आइतबार विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ भने नेपाल विद्यार्थी संघले भने त्रिविका उपकुलपतिसमेत रहेका प्रधानमन्त्रीसँग सहमति भए अनुसार शुक्रबार ताला खोलेको हाे।
१: नेपाल सरकारले २०७४ मंसिर ८ गते त्रिविमा कार्यरत आंसिक शिक्षकलाइ करार गर्न मन्त्री परिषद बाट स्वीकृत १४२० शिक्षक दरबन्दी कार्यन्वयनका लागि बिश्वबिद्धालयले नेपाल सरकार संग आवस्यक पर्ने बजेटको ओआगी १५ दिन भित्र पहल गर्न अनुरोध गर्ने।
२: आंसिक प्राध्यापक केन्द्रिय संघर्ष समितिको मागको सन्दर्भमा त्रिभुज बिश्वबिद्धालयमा रहेको रिक्त दरबन्दीको अध्यायन गरि समस्या समाधान गर्न बिश्वबिद्धालयको नियमानुसार गर्न अनुरोध गर्ने।
३: अतिरिक्त कक्षा ब्यबस्थापन २०७७ परिमार्जन गर्न अनुरोध गर्ने सहमती भएको छ।
४: क्याम्पस तथा केन्द्रिय बिभागले आंसिक शिक्षक ल्हरु नियुक्ति गर्दा केन्द्रिय कार्यलयको पुर्व स्वीकृति लिएर मात्र राख्न परिपत्र गर्न अनुरोध गर्ने
५: आंसिक प्राध्यापकको समस्या समाधान गर्न त्रिभुवन बिश्वबिद्धालय (पुर्ण) करार (नेपाल सरकार त्रिविको श्रोत परिचालन गरेर) र कोर्स करार (परिमार्जित अतिरिक्त कक्षा ब्यबस्थापन कार्यबिधी २०७७ अनुरुप) गर्नको लागू अनुरोध गर्ने।
६: आंसिक प्राध्यापक केन्द्रिय संघर्ष समितिका आन्दोलनको कार्यक्रम हाललाई स्थगित गर्ने निर्णय गरियो।
