Oct 07 2026 | २०८३, आश्विन २१ गते

काठमाडौ ग्लोबल स्कुलद्वारा डेन्टल हेल्थ क्याम्प संचालन। (तस्बिरहरु)

काठमाडौ ग्लोबल स्कुलद्वारा डेन्टल हेल्थ क्याम्प संचालन। (तस्बिरहरु)

  • 1.3K
    SHARES

  • काठमाडौ ग्लोबल स्कुलद्वारा डेन्टल हेल्थ क्याम्प संचालन। (तस्बिरहरु)

    जेठ,३० काठमाडौ । काठमाडौ ग्लोबल स्कुलले विद्यार्थीहरुको लागी नि:शुल्क डेन्टल क्याम्प (शिविर) संचालन गरेको छ। सामाखुसी स्थित काठमाडौ ग्लोबल स्कुलले समाज डेन्टल अस्पताल संग सहकार्य गरि सम्पुर्ण विद्यार्थीहरुको स्वास्थ्य सुरक्षा र सिकाइको लागि हेल्थ क्याम्पको आयोजना गरेको हो।

    स्कुलले मिति २०७९ जेठ २७ र ३० गते दुई दिन संचालन गरेको डेन्टल क्याम्पमा बिद्यालयका विद्यार्थीहरुले सेवा पाएको बताइएको छ। बिद्यालयका कार्यक्रम संयोजक दिपक भण्डारिका अनुसार जेठ२७ गते ५ देखि १० कक्षा र ३० गते पिजि (PG) देखि ४ कक्षा सम्म ७५० जना विद्यार्थीको दाँत परिक्षण गरिएको बताए।img_4_1655108082067.jpgimg_5_1655108106386.jpg

    काठमाडौ ग्लोबल स्कुलका प्रीन्सिपल मनोज आचार्यले बिगत देखि नै विद्यार्थीहरुको स्वास्थ्य संग सम्बन्धित विभिन्न शिविरहरु संचालन गर्दै आएको बताउनु भयो। "विद्यार्थीहरुको सर्बांगिण बिकासको लागि स्वास्थ्य अपरिहार्य हो , स्वस्थ रहेमा मात्रै सबै कुरा गर्न सकिन्छ भन्ने भावनाले पनि यो दन्त श्वाथ्य शिबिर संचालन गरेको बताउनु भयो।" उहाले स्वास्थ संग सम्बन्धित बिषयहरुमा उत्तरदायी रहनु बिद्यालयको कर्तव्य रहेको बताउनु भयो। उहाँका अनुसार बिद्यालयले आयोजना गरेको दन्त शिविरबाट बिद्यालयका ६५ जना शिक्षक कर्मचारी, झन्डै ५० जना अभिभावक र ७५० जना विद्यार्थीले प्रत्यक्ष रुपमा लाभ लिएको बताउनु भयो र उहाले आगामी दिनहरुमा समेत यस्तो कार्यक्रम संचालन गरिराख्ने बताउनु भयो।20220613_134709.jpg

    डेन्टल सिबिरमा अस्पतालको तर्फ बाट समाज डेन्टल अस्पतालका युनिट इन्चार्ज प्रदिप नेपाल लगाएत करिब १० जना टिम र ३ जना डेन्टल सर्जनहरुले उपचार सेवा दिएका थिए। इन्चार्ज प्रदिप नेपालका अनुसार विद्यार्थीहरुको Oral health screening, Diagnosis, Treatment Planning, Oral health/ hygene instruction and education, Extraction of Mobile teeth लगाएतका उपचार गरेको बताए।20220613_134621.jpg20220613_134553.jpg

    यसघि काठमाडौ ग्लोबल स्कुलले विद्यार्थी र अभिभावकहरु संग अन्तरक्रिया गरि शैक्षिक गतिविधि र विद्यार्थीको सर्वाङ्गिण बिकासका लागि बिद्यालयले गर्नुपर्ने कामहरुको बारे सुझाव संकलन समेत गरेको थियो।

     

    images
    सोमवार, जेठ ३० २०७९०३:३५:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार