Oct 07 2026 | २०८३, आश्विन २१ गते

त्रिवि अन्तर्गत B.Sc. Agriculture छात्रवृत्तिको लागि आवेदन खुल्यो।

त्रिवि अन्तर्गत B.Sc. Agriculture छात्रवृत्तिको लागि आवेदन खुल्यो।

  • 899
    SHARES

  • त्रिवि अन्तर्गत B.Sc. Agriculture  छात्रवृत्तिको लागि आवेदन खुल्यो।

    जेठ, ३१ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय अन्तर्गत सम्बन्धन प्राप्त कलेजमा B.SC. Agriculture विषयमा छात्रवृत्तिका लागि दरखास्त फारम खुलेको छ। शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयको निर्णय अनुसार २०७८/७९ को लागी त्रिभुवन बिश्वबिद्धालयका सम्बन्धन प्राप्त कलेजहरुमा छात्रवृत्तिका लागि आवेदन फारम खुलेको हो।

    बिश्वबिद्धालय अन्तर्गत गोकुलेश्वर कृषि तथा पशु बिज्ञान कलेज गोकुलेश्वर, बैतडी क्याम्पस अफ लाइभ साइन्स  फुलवारी, दाङ र पृथु टेक्निकल कलेज लमहिमा स्नातक तह B.Sc. Agriculture बिषयको नि:शुल्क छात्रवृत्तिको लागि आवदन फारम खुलेको जनाइएको छ। इच्छुक नेपाली नागरिकले आवस्यक कागजात हरु पेश गरि फारम भर्न सकिने बताइएको छ।

    दर्खास्त दिन न्युनतम योग्यता बिश्वबिद्धालय कृषि तथा पशु बिज्ञान अध्यायन संस्थान किर्तिपुरले २०७८ सालमा संचालन गरेको स्नातक तहको B.Sc. Agriculture प्रवेश परिक्षामा सहभागी भएको हुनुपर्ने छ।

    सुचना अनुसार दर्खास्त दिने अन्तिम समय २०७९ असार ६ गते सम्म तोकिएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    FB_IMG_1655186709782.jpgFB_IMG_1655186711507.jpgFB_IMG_1655186713196.jpgFB_IMG_1655186714758.jpgFB_IMG_1655186717340.jpg

    images
    मंगलवार, जेठ ३१ २०७९१२:४०:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार