Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिश्व योग दिवसको अवसरमा काठमाडौ बर्नहाट कलेजद्वारा योग अभ्यास शुरु।

बिश्व योग दिवसको अवसरमा काठमाडौ बर्नहाट कलेजद्वारा योग अभ्यास शुरु।

  • 778
    SHARES

  • बिश्व योग दिवसको अवसरमा काठमाडौ बर्नहाट कलेजद्वारा योग अभ्यास शुरु।

    असार, ७ काठमाडौ । योगसूत्र अर्थात चित्त र वृत्तिको निरोध नै योग हो । योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योगक्रियाले मानिसको चेतना र शरीरबिचको सम्बन्धलाई जोड्ने काम गर्दछ । शास्त्रका अनुसार मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । 

    यसै क्रममा काठमाडौ बल्खु स्थित काठमाडौ बर्नहार्ट कलेजले विद्यार्थीहरुलाइ योग अभ्यास गराएको छ। हरेक बर्ष जुन २१ तारिखमा मनाइने योग दिवसको अवसरमा कलेज परिसरमा विद्यार्थीहरुलाइ योग अभ्यास गराइएको हो।

    पतन्जली योग समितिको काठमाडौ जिल्ला अध्यक्ष सुरेन्द्र रिमाल युवा समिती नेपालका प्रभारी (अध्यक्ष) केदारनाथ बस्ताकोटी को अतिथ्यतामा काठमाडौ बर्नहाट का कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाइ योग अभ्यास गराइएको जनाएको छ।FB_IMG_1655811517864.jpgFB_IMG_1655811530006.jpg

    कार्यक्रम संचालन कैलास योग केन्द्र पशुपतिका संयोजक कृष्णराज पाण्डे ले गर्नुभएको थियो। भने कार्यक्रममा स्कुलको कार्यकारी निर्देशक श्री नवराज अधिकारी र स्कुलका प्रधानध्यापक अमृतबाबू भट्ट समेतको सहभागितामा करिब डेढ घन्टा योग अभ्यास गरिएको हो।FB_IMG_1655811554231.jpg

    बिशेष गरि स्कुलमा अध्यायनरत बालबालिकालाई योग सम्बन्धि लगावलाइ प्रोत्साहन प्रवर्द्धन गर्ने उदेश्यले योगालाइ शिक्षण सिकाइ प्रक्रियामा पहल गर्ने प्रयोजनको लागि अभ्यास गराउने गरि उक्त योग अभ्यास गरिएको स्कुलका पृन्सिपल अमृत बाबू भट्टले बताउनु भयो। उक्त योग अभ्यासलाइ आगामी दिनमा साप्ताहिक कार्यतालिकामा राख्ने गरि ब्यबस्था गर्न लागिएको समेत प्रीन्सिपल भट्टले बताउनु भयो।FB_IMG_1655811507021.jpg

    FB_IMG_1655811560031.jpgFB_IMG_1655811536498.jpgसन् २०१४ वाट मनाउन शुरुगरिएको यस योग दिवसको सुत्र संयूक्त राष्ट्र संघ स्वयमले स्थापना गरेको हो भने योगलाई शताब्दी बिकासको सुचकाङ्कका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको विश्व समूदायले बुझिसकेको कुरो हो ।

    आधूनिक चिकित्सापद्दतीले रोग लागीसकेपछिको उपचार अनि शारीरिक पक्षहरुलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिंदै मानव शक्ति अनि चित्तको सकारात्मक बिकेन्द्रिकरणमा महत्व दिन्छ ।

    विश्व योग दिवसको शुभकामना !

     

    images
    मंगलवार, आषाढ ७ २०७९०७:०९:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार