Oct 07 2026 | २०८३, आश्विन २१ गते

माग पूरा नभए आन्दोलन चर्काउने नेपाल राहत शिक्षकको चेतावनी

माग पूरा नभए आन्दोलन चर्काउने नेपाल राहत शिक्षकको चेतावनी

  • 534
    SHARES

  • माग पूरा नभए आन्दोलन चर्काउने नेपाल राहत शिक्षकको चेतावनी

    असार, ८ काठमाडौ । नेपाल राहत शिक्षकले आफ्नो माग पूरा नभए आन्दोलन चर्काउने चेतावनी दिएको छ। नेपाल राहत शिक्षक केन्द्रिय समितिले एक बिज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो।

    सामुदायिक बिद्यालयमा कार्यरत राहत शिक्षक बिगत लामो समय देखि पेशाको स्थाइत्वको लागि संघर्षरत रहेकोमा बिगतमा शिक्षा मन्त्रालय संग २ पटक भएको सम्झौता कार्यन्वयन गर्न माग गरेको छ।

    नयाँ संघीय शिक्षा ऐन तत्काल ल्याउन शिक्षा तथा स्वास्थ्य समितिले दिएको निर्देशन र शिक्षा ऐनको ड्राफ्ट सहमतिकालागी अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाइएको पृष्ठभुमिमा राहत शिक्षकको पेशागत स्थाइत्वका सवालमा उठाएका जायज मागहरु नियोजित ढंगले सम्बोधन नगर्ने गरि मन्त्रालयले तयारी गरेको सन्दर्भामा यस्तो नगर्न चेतावनी दिएको छ।

    सम्झौता बमिजिम मागहरुलाइ यो वा त्यो बाहनामा कार्यन्वनन नगर्ने चेष्टा गरिए आक्रमक ढांगले आन्दोलन मा उत्रिने बिज्ञप्ति मार्फत चेतावानी दिएको छ।

    यस्तो छ बिग्यप्ति 

    FB_IMG_1655824855662.jpg

    images
    बुधवार, आषाढ ८ २०७९११:२०:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार