आइतवार, आषाढ १२ २०७९
असार, १२ काठमाडौं। नयाँ शैक्षिक सत्र को पढाइ सुरु भएको डेढ महिना बिति सक्दा समेत सरकारले अझै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन सकेको छैन।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल राष्ट्रिय सभाको बैठकमा बोल्दै अझै १५ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी रहेको जानकारी दिएका हुन्।
उनले भने, ‘जनक शिक्षा सामाग्रिबाट कक्षा ४ देखि १० सम्म १ करोड ९६ लाख थान छपाइ गर्नुपर्नेमा हालसम्म १ करोड ८१ लाख थान छपाइ गरी वितरण भइसकेको छ। निजी प्रकाशनबाट पनि छपाइ तथा वितरणको व्यवस्था मिलाइएको छ।’
शैक्षिकसत्र २०७९ मा विद्यार्थीका लागि निशुल्क पाठ्यपुस्तकको व्यवस्था गर्न कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामाग्रीबाट छपाइ तथा वितरणको व्यवस्था मिलाइएको थियो।
कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक निजी प्रकाशनबाट र अरु कक्षा ११ र १२ को पाठ्यपुस्तक साझा प्रकाशनबाट छपाइ तथा वितरण हुँदै आएको छ।
एक अर्को प्रसंगमा राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले शिक्षामा १ खर्व ९६ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको र यो बजेट निकै अपुग हुने बताए।
उनले विद्यालय कर्मचारीको तलबको प्रसङ्ग बजेटमा बोलिएन । मैले अर्थ मन्त्रालयसँग छलफल गरेको छु । सकारात्मक कुरा आएको र केही समयमै यसको व्यवस्थापन हुने समेत बताए।
उनले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि प्रस्ताव गरिएको थियो । तर अर्थले बजेट नदिएकाले हाललाइ त्यो ब्यबस्था गर्न नसकिएको जानकारी दिए।
एक अर्को प्रसंगमा मन्त्री पौडेलले देशैभरी हरेक बिद्यालयमा प्रबिधिको पहुच पुर्याउने भन्दै विद्यालयहरु पेपरलेस बनाउने मन्त्रालयको योजना छ रहेको समेत बताउनु भयो। त्यसैगरी "त्रि-चन्द्र कलेजको सुधारको लागि आगामी आर्थिक वर्षमा बजेट छुट्याइएको जानकारी दिए।