Oct 07 2026 | २०८३, आश्विन २१ गते

बर्नहार्ट स्कुल/ कलेजको २२ औ फाउन्डेसन एनिभर्शरी सम्पन्न।

बर्नहार्ट स्कुल/ कलेजको २२ औ फाउन्डेसन एनिभर्शरी सम्पन्न।

  • 1.1K
    SHARES

  • बर्नहार्ट स्कुल/ कलेजको २२ औ फाउन्डेसन एनिभर्शरी सम्पन्न।

    असार, १५ काठमाडौ । २०५७ साल असार १४ गते स्थापना भएको बर्नहार्ट फाउन्डेसन द्वारा संचालित बर्नहार्ट स्कुल /कलेज २२ औं बर्ष पूरा गरि २३ औं मा प्रवेश गरेको छ। यसै सन्दर्भमा काठमाडौ बर्नहार्ट स्कुल / कलेजले २२ औं फाउन्डेसन एनिभर्सरी (बार्षिकी) सम्पन्न गरेको छ। सोल्टिमोड स्थित कालिमाटी ब्याङ्क्युट (भेनु) मा स्कुल / कलेजको स्टाफ र विभिन्न प्रबुद्ध ब्यक्तिहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।20220628_183316.jpg

    विभिन्न शैक्षिक ब्याक्तित्वहरु ५ जनाले शुरु गरेको फाउन्डेसनले आज नेपालको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण भुमिका समेत खेलेको छ। बिद्यालय श्रेतका अनुसार हाल कुल विद्यार्थी २५०० भन्दा बढी अध्यानरत छन। शुरुवाती चरणमै उत्कृष्ट विद्यार्थी उत्पादन गर्न सफल बर्नहार्ट स्कुल / कलेज मध्यम बर्गको विद्यार्थीहरुको लागि आकर्षक नै बनेको छ।20220628_173935.jpg

    फाउन्डेसनले २२ औं एनिभर्सरी मनाइरहदा स्कुल/ कलेजका संस्थापकहरुले शुरु गर्दाको आफ्नो अनुभुतिहरुलाइ पस्किनु भएको थियो। यसै सन्दर्भमा सस्थापक तथा हाल कलेजका डाइरेक्टर नवराज अधिकारिले आफू दैनिक १२ घण्टा पढाउने गरेको र आफू काठमाडौ मा कोठा भाडा बसेर फाउन्डेसन को अवधारणा चित्रण गरेको बताउछन।

    उहाका अनुसार स्कुल/कलेज सुरु गर्दा दुईटा बिज्ञान सेक्सन ७१ र एउटा ब्यबस्थापन सेक्सनमा जम्मा १२३ जना विद्यार्थी भर्ना गरि कक्षा संचालन गरेको थियो।

    त्यसैगरी फाउन्डेसनका प्रमुख सल्लाहकार, प्रोफेसर डाक्टर नारायण प्रसाद चापागाइले ताहाचलको सानो स्थानबाट सुरुगरेको बर्नहाट फाउन्डेसनले सुरु गर्दाको पहिले ब्याचमै आफ्नो स्कुल /कलेजको विद्यार्थीले 79% अंक ल्याएर नेपाल टप भएको बताउनु भयो।

    उहाका अनुसार संस्था संचालन गरिसकेपछी आफुहरु कहिले पछाडी फर्किनु नपरेको भन्दै अझै राम्रो गर्दै जाने प्रतिबद्धता समेत जनाउनु भयो।

    उहाका अनुसार हाल स्कुल / कलेजमा ८ अटा क्रार्यक्रम, २५० स्टाफ रहेको र २५०० भन्दा बढी विद्यार्थी अद्यानरत रहेको बताउनु भयो। उहाले सँस्था स्थापित हुनुमा आफ्नो मात्रै नभै निरन्तर सेवामा लाग्नुभएका स्कुल/कलेजका शिक्षक कर्मचारीहरुलाइ श्रेय जाने बताउनु भयो।

    फाउन्डेसनले २२ औं साधारण सभा बाट स्थापना काल देखि सहयोग गर्नुहुने रिमामायाया मेडम र स्थापनाको ६ बर्ष पछि १५ बर्ष काम गर्नुभएका सुदर्शन गिरि लाई बिदाइ गरेको छ। फाउन्डेसन ले उहाँहरुको बिदाइ कुनै मदभेद नभै उहाहरु आफ्नै नयाँ व्यावसायिक जिवनमा फर्किनु भएकोले बिदाइ गरेको समेत प्रष्ट पारेको छ। त्यसैगरी दस बर्ष भन्दा बढी काम गर्ने स्टाफ हरुलाइ सम्मान गरेको छ।20220628_183044.jpg20220628_183116.jpg20220628_182720.jpg20220628_182455.jpg

    २२ औं एनिभर्सरी कार्यक्रम को संचालन सुदर्शन सिवाकोटी ले गर्नु भएको थियो। त्यसै गरि कार्यक्रममा बर्नहार्ट स्कुलका प्रीनसिपल अमृत बाबू भट्टले स्वागत मन्तव्य मार्फत उपस्थित पाहुनाहरुलाइ स्वागत गर्नु भएको थियो। प्रीन्सिपल भट्टले संस्थालाइ स्थापना काल देखि आज सम्म यो ठाउमा पुर्याउनु हुने सरहरुलाइ विशेष धन्यवाद दिदै आगामी दिनमा अझै राम्रो गर्ने प्रतिबद्धता जनाउनु भयो।

    कार्यक्रममा प्रमुख सल्लाहकार प्रोफेसर डाक्टर नारण प्रसाद चापागाइ, एडभाइजर पुरुसोत्तम बिष्ट , चिफ एडभाइजर: राजाराम प्रधानाङ्ग , क्याम्पस चिफ बाफलका सहदेब सिग्देल , डाइरेक्टर रामबाबू थापा , एडभाइजर मोहन बस्नेत र श्रोत ब्यक्ति लोकनाथ गुरागाइ लगाएत प्रबुद्ध ब्याक्तीहरु उपस्थित हुनुभएको थियो।

    20220628_182752.jpg20220628_175623.jpg20220628_174821.jpg20220628_180244.jpg20220628_182853.jpg

    images
    बुधवार, आषाढ १५ २०७९१०:१६:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार