Oct 07 2026 | २०८३, आश्विन २१ गते

अर्को सूचना जारी नभए सम्म बिद्यालय बन्द। (सूचना सहित)

अर्को सूचना जारी नभए सम्म बिद्यालय बन्द। (सूचना सहित)

  • 1.8K
    SHARES

  • अर्को सूचना जारी नभए सम्म बिद्यालय बन्द। (सूचना सहित)

    असार, १५ काठमाडौ । अविरल वर्षाका कारण सुनसरीको इनरुवा र झापाको हल्दिबारीमा विद्यालयहरू अर्को सूचना नभएसम्मका लागि बन्द भएका छन् । सुनसरी जिल्लाको इनरुवा नगरपालिका र झापाको हल्दिबारी गाउपालिकाले सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो।

    २०७९ असार १३ गते रातीदेखि परेको अविरल बर्षाकाकारण विद्यार्थीलाई बिद्यालय जान आउन समस्या हुनुका साथै धेरै बिद्यालयहरुमा बाढी पिडित ब्यक्ति / परिवार्लाइ ब्यबस्थापन गर्नु पर्ने भएकोलेअर्को सूचना जारी नभएसम्म बिद्यालय बन्द गरिएको जानकारी दिएको छ।

    त्यसैगरी हल्दिबारी गाउपालिकाले बर्षाका कारण अधिकांश पुल पुलेसा र बाटो घाटो डुबानमा परेको र विद्यार्थीलाई बिद्यालय कठिनाइ पर्ने अवस्थालाइ मध्यनजर गर्दै अर्को सूचना नभएसम्म बिद्यालय बन्द गरिएको जानकारी दिएको छ।

    यस अघि बिराटनगर महानगरले असार १८ गते सम्म बिद्यालय बन्द गर्ने निर्णय गरेको छ।

    FB_IMG_1656478812598.jpgFB_IMG_1656478816664.jpg

    images
    बुधवार, आषाढ १५ २०७९१०:५९:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार