Oct 07 2026 | २०८३, आश्विन २१ गते

सिद्धार्थ कलेजद्वारा Alumni Meet- 2079 सम्पन्न ।

सिद्धार्थ कलेजद्वारा Alumni Meet- 2079 सम्पन्न ।

  • 765
    SHARES

  • सिद्धार्थ कलेजद्वारा Alumni Meet- 2079 सम्पन्न ।

    असार, १८ काठमाडौ । सिद्धार्थ एकेडमी / बहुमुखी कलेजले Alumni Meet- 2079 कार्यक्रम सम्पन्न गरेको छ। कलेजले पुरानो ब्याचका विद्यार्थीहरुको सम्मान गर्दै उक्त कार्यक्रम सम्पन्न गरेको हो।

    कार्यक्रममा कलेजका फाउन्डर अध्यक्ष गोबिन्द घिमिरेले कलेजले गर्ने आगामी शैक्षिक गतिविधिको बारे बिस्तृत आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो। उहाँले पुर्व विद्यार्थीहरुको सुझाव संकलन गर्दै कलेजको शैक्षिक सुधारका कार्यक्रमहरु संचालन गर्ने भन्दै, हाम्रो सम्पत्ति भनेको कलेजले उत्पादन गरेको विद्यार्थी भएकोले पुरानो विद्यार्थीहरुलाइ सम्मान गरेको बताउनु भयो।20220702_102648.jpg20220702_093325.jpg

    अध्यक्ष घिमिरेले अवको शिक्षा Theoretical मात्रै नभएर practical base हुनुपर्ने भन्दै कलेजमा विभिन्न सिकाइ सामाग्रीहरुको प्रयोग गरि कक्षा कोठामा प्रबिधि जोड्ने अनुसन्धानात्मक शिक्षामा जोड दिने बताउनु भयो। उहाँले कलेजमा Science lab, Mathematics lab, Nepali lab, Language lab, Disital Library, Computer Lab निर्माण गर्न लागेको र यस शैक्षिक बर्ष भित्र पूरा गर्ने समेत बताउनु भयो। त्यसैगरी कलेजमा विभिन्न Sport सेक्सनहरु, फूटसल, क्रीकेट नेट , बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, पिच भलिबल कोर्टको निर्माण गर्न थालेको समेत बताउनु भयो।

    अध्यक्ष घिमिरेले Social Activities Lab, Multimedia Lab र कानुन पढ्ने विद्यार्थीहरुको लागि Legal Bench Practice को ब्यबस्था गर्ने बताउनु भयो।20220702_091633.jpg20220702_093739.jpg

    उक्त कार्यक्रममा कलेजका CEO तिर्थराज निरौलाले सिद्धार्थ एकेडमी/ बहुमुखी कलेजको साख र गरिमालाइ बढाउन दक्ष जनशक्ति उत्पादन र गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्य रहेको बताउनु भयो। उहाँले कलेजमा दक्ष र सक्षम ब्यबस्थापकिय टिम रहेको बताउदै रिङ बाहिरको नमुना कलेजको रुपमा बिकास गर्ने बताउनु भयो। कार्यक्रमको संचालन सोही कलेजका प्रीन्सिपल शिव राम रिजालले गर्नुभएको थियो। कार्यक्रममा उक्त कलेजमा अध्यायन गरि सकेका ५० भन्दा बढी पुर्व विद्यार्थीहरुको सहभागी रहेको थियो।20220702_094605.jpg20220702_094842.jpg

     

    images
    शनिवार, आषाढ १८ २०७९०९:०१:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार