आइतवार, आषाढ १९ २०७९
असा, १९ काठमाडौँ । उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य अस्ट्रेलियाले नेपाली विद्यार्थीहरुलाइ भिसामा कडाइ गरेको छ। अस्ट्रेलिया सरकारले भिसामा कडाइ गरे संगै नेपाली विद्यार्थीहरुलाइ अफ्ट्यारो परेको हो।
यसअघिसम्म निवेदन दिएका विद्यार्थीमध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेको मा अहिलेभने १० प्रतिशतमात्र विद्यार्थीहरुले भिसा पाउने गरेका छन् ।
यसअघि अस्ट्रेलिया भिसाका लागि औसतमा दैनिक दुई सयसम्म आवेदन पर्ने गरेको मा निर्णय नभई थाती रहेका आवेदनमध्ये अस्वीकृत हुनेक्रम बढेको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले जनाएको छ। इ क्यान का अनुसार अहिले दैनिक तीन सयसम्म भिसा अस्वीकृत हुने गरेको बताइकेको छ।
इक्यानका अनुसार लामो समयसम्म भिसा स्वीकृत वा अस्वीकृत भएको विषयमा जानकारी नदिने र अन्तिममा अस्वीकृत भएको भन्ने सन्देश नयाँदिल्लीस्थित अस्ट्रेलियन हाई कमिसनले पठाउने गरेको छ । प्रक्रिया खुकुलो भएको समयमा निवेदन दिएको एक दिनमै पनि भिसा दिने गरिएको थियो ।
अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि सबैभन्दा धेरै विद्यार्थी जाने वैदेशिक मुलुकमा नेपाल तेस्रो नम्बरमा पर्छ । अस्ट्रेलियाले भित्र्याउने विदेशी विद्यार्थीमध्ये नेपालबाट ३० प्रतिशत आपूर्ति गर्दै आएको छ । पहिलो र दोस्रो नम्बरमा क्रमशः भारत र चीन पर्छ ।
गत साउनदेखि यही असारको पहिलो सातासम्म ६१ हजार ६३६ विद्यार्थीले अस्ट्रेलिया जानका लागि नो अब्जेक्सन लेटर लिएका छन् । भिसा अस्विकृत हुने दर बढे पछि व्यावसायि तथा विद्यार्थीहरु चिन्तित बनेका छन। इक्यानका अध्यक्ष प्रकाश पाण्डेका अनुसार उच्च योग्यता भएका विद्यार्थीको समेत भिसा अस्वीकृत गरिएको छ । अब भने भिसामा कडाइ गरेसँगै शैक्षिक परामर्श व्यवसायी तथा विद्यार्थी चिन्तित बनेका छन् । #गोरखापत्र