आइतवार, आषाढ १९ २०७९
असार, १९ काठमाडौ । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले बिद्यालय भवन निर्माण र पढ्दै कमाउदै कार्यक्रम कार्यान्वयनको लागि रकम निकासा गरेको छ। मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि विनियोजन भएको रकम निकासा गरेको हो।
एक सूचना जारी गर्दै नेपाल सरकार, शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले बाट २०५८ चैत महिनामा भएका निर्णय अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत दुई/चारकोठे भवन निर्माण र पढ्दै कमाउदै कार्यक्रम कार्यान्वयनको लागि रकम निकासा गरेको जनाएको छ।
छनौट भएका कार्यक्रमहरु, कोभिड १९ को कारणले ढिलाइ भएका र स्थानिय निकायको निर्वाचन जस्ता प्राबिधिक तथा प्रशाशनिक कारणले आ.व. २०७८/७९ भित्र सम्पन्न गर्न कठीनाइ भएको भनी आएकोले चालू आवमा बिनियोजन गरिएको बजेटबाट कार्य सम्पन्न हुन नसकेको अवस्थामा उक्त बिद्यालयलाई सोही प्रयोजनकालागी आगामी आर्थिक बर्षमा बजेट ब्यब्स्था नभएकोले लेखा परिक्षण प्रतिबेदन, सामाजिक परिक्षण लगाएतको कार्यक्रमहरुको लागि सम्बन्धित बिद्यालयलाई जवाफदेही हुने गरि बिनियोजित बजेट निकासा गरेको सूचनामा जनाइएको छ।
