Oct 07 2026 | २०८३, आश्विन २१ गते

त्रिवि सेवा आयोगमा उत्तरपुस्तिका हेर्न निवेदन । (निवेदन सहित)

त्रिवि सेवा आयोगमा उत्तरपुस्तिका हेर्न निवेदन । (निवेदन सहित)

  • 1.3K
    SHARES

  • त्रिवि सेवा आयोगमा उत्तरपुस्तिका हेर्न निवेदन । (निवेदन सहित)

    असार, १९ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय सेवा आयोगमा उत्तर पुस्तिका हेर्न पाउ भनी निवेदन परेको छ।

    आयोगको नतिजा शून्य आएको र केही उत्तरपुस्तिका रद्द भएको बिषयलाइ लिएर परीक्षार्थीले सूचनाको हक खोज्दै उत्तरपुस्तिका हेर्न निवेदन दिन थालेका हुन्।

    आयोगले लिएको परिक्षामा सहभागी मध्यका एक खैसरा काफ्लेले शाखा अधिकृत र लेखा अधिकृत पदमा दिएको परीक्षाको मिति २०७९ असार १४ गते बेलुकी प्रकाशित गरेको परीक्षा नतिजामा उत्तरपुस्तिका रद्द भएको सूचीमा परेपछि त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा कार्यरत उनै काफ्लेले उत्तरपुस्तिका के कस्तो कारणले रद्दमा परेको हो? भनी प्रश्न गर्दै आफ्नो उत्तरपुस्तिका आत्मसन्तुष्टिकै लागि भए पनि हेर्न पाऊँ भनी निवेदन दिएकी छन।

    काफ्लेले गत वर्ष कार्तिक २८ गतेदेखि ३० गतेसम्म सञ्चालित शाखा अधिकृत पदको लिखित परीक्षा र मंसीर ५ गतेदेखि ७ गतेसम्म सञ्चालित लेखा अधिकृत पदको लिखित परीक्षा दिएकोमा गत आषाढ १४ गते प्रकाशित नतीजामा उत्तरपुस्तिका रद्द भएको सूचीमा आफ्नो सिम्बोल नम्बरहरू परेको निवेदनमा उल्लेख गरेकी छन् ।

    सेवा आयोगले उत्तरपुस्तिका प्रयोग तथा परीक्षा नियमनसम्बन्धी कार्यविधि २०७७ मा भएको व्यवस्था तथा प्रवेश पत्र एवम् उत्तरपुस्तिकाको प्रथम पानामा लेखिएको निर्देशन विपरीत कार्य गरेको पाइएकोले उत्तरपुस्तिकाहरु रद्द भएको सूचना सार्वजनिक गरेको थियो। गत आषाढ १४ र १५ गते प्रकाशित नतीजामा २ सय ३८ भन्दा बढी परीक्षार्थीको उत्तरपुस्तिकाहरु रद्द भएको आयोगको सूचनामा जनाएको थियो ।

    यस्तो छ निवेदन ।

    Screenshot_20220703-213820_Facebook.jpg

    images
    आइतवार, आषाढ १९ २०७९१०:०२:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार