Oct 07 2026 | २०८३, आश्विन २१ गते

विद्यार्थीले लगाएको तालाका कारण ३ दिन स-यो परिक्षा ।

विद्यार्थीले लगाएको तालाका कारण ३ दिन स-यो परिक्षा ।

  • 481
    SHARES

  • विद्यार्थीले लगाएको तालाका कारण ३ दिन स-यो परिक्षा ।

    काठमाडौँ, असार २२ गते । त्रिभुवन बिश्वबिद्धालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायको डिन कार्यालयमा विद्यार्थीले लगाएको तालाका कारण परिक्षा ३ दिन पछि सरेको छ। विश्वविद्यालयले निर्धारण गरेको ब्याचलर इन कम्प्युटर एप्लिकेसन (Bachelor in Computer Application /BCA)को परीक्षा पछि सरेको छ ।

    तालाका कारण परीक्षा तयारी गर्न नपाएपछि डिन कार्यालयले असार २६ गतेदेखि हुन लागेको परीक्षा असार २९ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । 

    यसअघि जेठ १८ गते सम्पन्न भएको परीक्षामा प्रश्नपत्र दोहोरिएको विषयमा छानबिन गर्नुपर्ने तथा दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै डिन कार्यलयमा अनेरास्ववियु (क्रान्तिकारी) ले गत जेठ १९ गते ताला लगाएको थियो ।

    बीसीएअन्तर्गत दोस्रो, चौथो, छैटौँ र आठौँ सेमेस्टरको परीक्षा सञ्चालन हुन लागेको छ । उक्त सङ्कायका डिन कुसुम शाक्यले क्रान्तिकारीले परीक्षा सञ्चालन गर्न दिने भन्दै कार्यालयको मूल ढोकामा लगाएको ताला सोमबार खोलेको बताउँदै परीक्षा शाखामा लगाएको तालाका कारण परीक्षासम्बन्धी काम सक्न निकै समस्या परेको बताउनुभयो । उहाँका अनुसार परीक्षाको मिति नजिकिए पनि प्रश्नपत्र छपाइ, केन्द्र निर्धारणलगायतको काम बाँकी नै छ । मुलुकभर बीसीएको पढाइ सञ्चालन गर्ने कलेजको सङ्ख्या ११४ वटा छ । यी सबै कलेजबाट यस पटकको परीक्षामा करिब १५ हजार  विद्यार्थीले सहभागिता जनाउँदै छन् । #गोरखापत्र

    images
    बुधवार, आषाढ २२ २०७९०७:५९:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार