Oct 07 2026 | २०८३, आश्विन २१ गते

बागलुङमा शिक्षकको कुटाइ बाट विद्यार्थी गम्भीर घाइते, शिक्षक पक्राउ ।

बागलुङमा शिक्षकको कुटाइ बाट विद्यार्थी गम्भीर घाइते, शिक्षक पक्राउ ।

  • 400
    SHARES

  • बागलुङमा शिक्षकको कुटाइ बाट विद्यार्थी गम्भीर घाइते, शिक्षक पक्राउ ।

    असार,२४ असार। बाग्लुङमा शिक्षकको कुटाइ बाट एकजना विद्यार्थी गम्भीर घाइएते भएका छन। ढोरपाटन नगरपालिका स्थित न्यु मोर्डन एकेडेमीमा ९ कक्षामा पढ्ने तामाखोला गाउँपालिका- २ भयबोङ्गाका १५ वर्षीय हिक्मत विक प्रिन्सिपल दीपक कुँवरको कुटाइबाट गम्भीर बनेका हुन्।

    घाइते विकको टाउको र शरीरका विभिन्न अंगहरुमा निलडाम छन्। टाउकोमा ठूलो चोक पुगेको हुँदा उनीलाई रिंगटा लागेर ढलेको र बेहोस भएको बताइएको छ। घाइते विद्यार्थीलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपश्चात पोखरा लगिएको बताइएको छ।

    श्रोतका अनुसार विद्यार्थीहरु सेनेटाइजरको बोटेल संग खेलिरहेको अवस्थामा उक्त बोटेल पंखामा ठोक्किइ फर्केर शिक्षकको निधारमा लागेको र सामान्य चोट लाग्दा यस्तो घटना घटेको बताइएको छ। घाइते विद्यार्थीलाई प्रीनसिपलले बेहोस हुने गरि कुटेको बताइएको छ।

    घाइते विद्यार्थीकि आमाले भन्नुभयो, ‘दीपक सरले मेरो छोरालाई निर्घात कुटपिट गर्नुभएको छ, अहिले मैले पोखरा लैजाँदैछु, सरले पाइले टाउकोमा, शरिरमा कुट्नु भएको रहेछ, शरीरमा डामैडाम छ, टाउको छुन दिँदैन, रगत जमेजस्तो भएको छ’, विकले भनिन्, ‘राति वान्ता पनि गरेको थियो, खाना पनि खाएन, उठ्नै सक्दैन, चक्कर लाग्छ भन्छ, पढाउन पठाएको छोरालाई सरले नै कुटेर यस्तो बनाउनुभयो, मेरो छोराले न्याय पाउनुपर्छ।’

    त्यसैगरी घाइते विद्यार्थीका अनुसार ३ जना साथी खेलिरहेका र एउटा साथीले स्यानिटाइजरको बोतल अर्को साथीलाई फाल्यो र उसले त्यो बोतल मलाई फाल्यो त्यसपछि मैले पनि उता रिटर्न गर्छु भन्दा फ्यानमा लागेर फ्यानको पावरले सरको निधारमा लागेर सामान्य घाउ भयो । उनलए भने त्यसपछि सरले अफिसमा लगेर सिधै पाइपले मलाई हान्नु भयो । त्यस पछि म बेहोस भएछु । सरले म बेहोस भए पछि पनि कुट्नु भएको रहेछ । त्यस पछि अरू सरहरू आएर पानी दिनु भएछ ।’

    यद्यपि विद्यालयका प्रिन्सिपल दीपक कुँवरले आफूले त्यसरी कुटपिट नगरेको जिकिर गरे। शिक्षकले पढाउँदै गर्दा स्यानिटाइजरको बोतल पङ्खामा फालेको र उछिट्टिएर पढाउँदै गरेका शिक्षक करण कुँवरलाई लागेर निधारमा चोट लागेपछि सामान्य सम्झाई बुझाई गरेको प्रिन्सिपल कुँवर बताए।

    विद्यार्थी कुटेर घाइते बनाउने प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेको छ । ढोरपाटन नगरपालिका वडा नं १ स्थित न्यू मोर्डन एकेडेमीको कक्षा ९ मा पढ्ने हिक्मत विकलाई कुटेर घाइते बनाउने प्रिन्सिपल दिपक कुँवरलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार प्रिन्सिपलको कुटाइबाट तमानखोला २ भएरबोङकाका १५ वर्षीय विक घाइते भएका थिए ।

     

    images
    शुक्रवार, आषाढ २४ २०७९०७:३८:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार