शनिवार, आषाढ २५ २०७९
असार २५ गते धनगढी । नयाँ शैक्षिकसत्र सुरु भएको दुई महिना बित्नैलाग्दा सुदूरपश्चिम प्रदेशका धेरैजसो विद्यार्थीको हातमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले यहाँको आवश्यकतानुसार किताब उपलब्ध गराउन नसक्दा विद्यार्थीको पढाइ माइ समस्या परिरहेको छ।
यता पाठ्यपुस्तक छाप्न जिम्मा पाएको जनक शिक्षा सामाग्री केन्द्रले रुस - युक्रेन युद्ध र स्थानिय चुनावका कारण समयमै पाठ्यपुस्तक छाप्न नसकिएको जिकिर गर्दै आइरहेको छ।
हाल स्कुलहरु मा पहिलो त्राइमासिक परीक्षा समेत शुरु भएको छ। अझै विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक नपाउदा समग्र शिक्षैक बर्ष नै प्रभावित हुने र विद्यार्थीको पढाइको स्तर खस्किने कुरामा दुबिधा छैन।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ सुदूरपश्चिमका अनुसार एक शैक्षिकसत्रमा प्रदेशभरी २० लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ । तर अझै ४० प्रतिशत पुस्तक अभाव रहेको जनाएको छ । जनक शिक्षा सामग्रीले मागभन्दा निकै कम पाठ्यपुस्तक पठाउनेगरेको महासङ्घका अध्यक्ष मेखराज दाहालले बताउनुभयो । ‘
महासङ्घले आवश्यकतानुसार पुस्तक उपलब्ध नभएमा जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक नउठाउने चेतावनी दिएको छ । यहाँको मागलाई धान्नेगरी पुस्तक उपलब्ध गराउन माग गर्दै सुदूरपश्चिम प्रदेशका पुस्तक व्यवसायीले केन्द्रको धनगढीस्थित कार्यालयमा केही दिन अगाडि तालाबन्दीसमेत गरेका थिए ।
जनक शिक्षा सामग्रीले विभिन्न बहाना देखाएर सुदूरपश्चिममा आवश्यकतानुसार पुस्तक आपूर्ति गर्नमा आलटाल गर्दैआएको व्यवसायीको आरोप छ । कहिले कागज अभाव त कहिले कमिसनको बहाना गरेर पुस्तक आपूर्तिमा आनाकानी गर्दैआएको उहाँहरुको जिकिर रहेको छ ।
यश अघि कर्णाली मा समेत पुस्तक नपुगेको भन्दै राष्ट्रिय सभामा संसदले पुस्तक पुर्याउन दबाब दिएको छन।