Oct 07 2026 | २०८३, आश्विन २१ गते

बलात्का*रको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख नेगीले दिए राजिनामा।

बलात्का*रको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख नेगीले दिए राजिनामा।

  • 719
    SHARES

  • बलात्का*रको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख नेगीले दिए राजिनामा।

    असार, २७ काठमाडौ । बैतडी पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगिले राजिनामा दिएका छन। एक बिज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुख नेगिले राजिनामा दिएका हुन।

    यसअघि पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीमाथि बला"त्कार गरेको आरोप लागेको थियो। कैलाली घर भई बैतडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलालाई क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको हो।

    विभिन्न विद्यार्थीसंगठनहरु अनेरास्ववियु, नेविसंघ र अखिल (क्रान्तीकारी)ले संयुक्त विज्ञप्ती निकालेर मजदुर महिलामाथि बलात्कार गरेको आरोप लगाउँदै शनिबार विज्ञप्ती निकालेर कारवाही गर्न माग गर्दै घटनाको सत्यतथ्य छानबीन आग्रह गरेका थिए। यता पीडित महिलाले समेत सञ्चारमाध्यमसंग कुराकानी गर्दै आफूमाथि बलात्कार भएको बताएकी छिन् । उनले आफूले कैलालीबाटै बलात्कार मुद्दा दर्ता गर्ने उनले बताएकी छिन् ।

    यता जिल्ला प्रहरी कार्यालय बैतडीले भने घटनाका बिषयमा पीडितलाई बुझ्न पठाएको र आफूमाथि त्यस्तो व्यवहार नभएको बताएको दाबी गरेको छ । पीडित महिलालाई बुझ्दा आफूमाथि त्यस्तो प्रकारको व्यवहार नभएको बताएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनले भने ‘सामाजिक सञ्जालमा कुरा बाहिर आएपछि हामीले पीडितलाई बुझ्न पठायौं । पीडित भनिएका महिलाले आफूमाथि त्यस्तो व्यवहार नभएको बताएपछि हामीले अन्य कुरा तर्फ ध्यान दिएनौं । पीडितले अन्य ठाउँमा के भने भन्दा पनि प्रहरीसंग भनेको कुराका आधारमा कारवाही अघि बढ्छ ।’

    FB_IMG_1657517110289.jpg

    images
    सोमवार, आषाढ २७ २०७९११:२२:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार