Oct 07 2026 | २०८३, आश्विन २१ गते

परिक्षा सेन्टर बाहिर परेको भन्दै क्याम्पसमा तोडफोड र आगजनी।

परिक्षा सेन्टर बाहिर परेको भन्दै क्याम्पसमा तोडफोड र आगजनी।

  • 973
    SHARES

  • परिक्षा सेन्टर बाहिर परेको भन्दै क्याम्पसमा तोडफोड र आगजनी।

    असार, ३१ बिरगन्ज। ठाकुरराम बहुमुखी क्याम्पस बिरगन्जका विद्यार्थीहरुले क्याम्पस तोडफोड गर्दै आगजनी गरेका छन गरेका छन्। परीक्षा केन्द्र वीरगन्ज बाहिरको क्याम्पसमा तोकिएको भन्दै आक्रोशित विद्यार्थीहरुको समूहले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गर्दै फर्निचरहरुमा आगजनी गरेका हुन्।

    ठाकुरराम बहुमुखी क्याम्पसको तीन वर्षे बीएडको परीक्षा सेन्टर सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा र चार वर्षे बीएडको परीक्षा बाराको कलैयास्थित रामराजा शाह बहुमुखी क्याम्पसमा तोकिएपछि विद्यार्थीहरुले आक्रोश पोख्दै तोडफोड र आगजनी गरेको बताइएको छ।

    परीक्षा सेन्टर क्याम्पस प्रमुखले नभई त्रिभुवन विश्वविधालयको राष्ट्रिय परीक्षा बोर्डले तोक्ने भएकाले विद्यार्थीले आफू पढेको शिक्षण संस्थामै क्षति पुर्‍याउनु दुर्भाग्य भएको उनले क्याम्पस प्रमुख उमेश चौरासियाले बताए ।

    विद्यार्थीहरुले फर्निचरमा लगाएको आगो वीरगन्ज महानगरपालिकाको वारुणयन्त्र बोलाएर निभाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले बताए। प्रहरीका अनुसार आगो लगाउनेहरु भागिसकेकाले उनिहरुलाइ पक्राउ गर्न नसकेको बताइएको छ।

     

    images
    शुक्रवार, आषाढ ३१ २०७९०८:१६:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार