Jul 27 2026 | २०८३, श्रावण ११ गते

क्रमिक रुपमा विद्यार्थीको आकर्षण बन्दै बेलमन्ट इन्टरनेशनल कलेज।

क्रमिक रुपमा विद्यार्थीको आकर्षण बन्दै बेलमन्ट इन्टरनेशनल कलेज।

  • 2.3K
    SHARES

  • क्रमिक रुपमा विद्यार्थीको आकर्षण बन्दै बेलमन्ट इन्टरनेशनल कलेज।

    साउन, २ काठमाडौ । वि.सं २००२ सालमा असन स्थित बालकुमारीमा स्कूलको रुपमा स्थापना भएको बेलमन्ट बिद्यालय ले २०७५ साल देखि कक्षा ११ र १२ सन्चालन गरि शैक्षिक क्षेत्रमा यस भेगकै उत्कृष्ट  पहिचान बनाएको छ।

    काठमाडौ जिल्ला वाडा नं. २६ को सामाखुसी आवश एरियामा रहेर बेलमन्ट इन्टरनेसनल कलेजले मध्यम परिवारका बिद्यार्थी सर्वसुलभ शुल्कमा विद्यार्थीहरुको करियरसँग सम्बन्धित रहेर  शैक्षिक गतिविधि संचालन गरिरहेको छ । यहाँका सञ्चालक र शिक्षकहरुका कारण विद्यार्थीहरु सिक्ने र सिकाउने कुरामा निकै उत्सुक देखिन्छन् ।IMG-ce51b9dcf1391f64b3c635ae55aa5a79-V.jpg

    कलेज छोटो समयमा धेरै विद्यार्थीको रोजाइ बन्न सफल भएको छ । यसैक्रममा कलेजको शैक्षिक, भौतिक तथा विद्यार्थीहरुको अध्ययनको विषयसंग सम्बन्धित रहेर विद्यार्थी मिडिया याण्ड टेक्नोलोजी अन्तर्गत bidharthi.com का सम्पादक टंकप्रसाद जोशिले कलेजका प्रीन्सिपल महेस भट्टराई संग गरिएको कुराकानी जस्ताको तेस्तै ।Polish_20220718_104034262.jpg

    • बेलमन्ट कलेज / एकाडमी  यस क्षेत्रकै उत्कृष्ट कलेजको रुपमा कसरी  स्थापित  भयो? नतिजा कस्तो आइरहेको छ ?

    वि.सं २००२ सालमा असन स्थित बालकुमारीमा स्कूलको रुपमा स्थापना भएको बेलमेन्ट स्कुल २०७५ साल देखि कक्षा ११ र १२ संचालन गरि अध्यायन अध्यापन गरिरहेको छ। असनमा स्थापित भएको यो स्कुल आज भन्दा १५ बर्ष बाट सामाखुसी मा स्थापित हुँदै आइरहेको छ। विभिन्न राष्ट्रिय रुपमा नै परिचित धेरै कलेजहरुमा अध्यापन गरिरहनु भयका अनुभबी सक्रिय युवाहरुको टिमले सीपमुलक शिकाइ र शिक्षण पद्धति अपनाएर चंचालन भइरहेको छ। हाल विषयगत बिज्ञहरुको सहभागीतामा देशकै प्रख्यात कलेज बनाउने उदेश्यका साथ आधुनिक प्रबिधी अपनाउदै उत्कृष्ट नतिजा र बिद्यार्थीमैत्री बाताबरणमा शिक्षण सिकाइ हुने यस स्कुल / कलेजमा सत् प्रतिशत नतिजा आइरहेको छ।Polish_20220718_104055192.jpg

    • बेलमन्ट कलेजले विद्यार्थीको कुन पक्षलाइ ध्यानमा राखेर अध्यापन गराइरहेको छ?

    सिकाइ भनेको विद्यार्थीहरुमा हुने सर्वाङ्गीण विकास हो । सिकाइले शारीरिक र मानसिक दुवैरुपमा विद्यार्थीहरु तन्दुरुस्त रहन सहयोग गर्छ । हामीले विशेषगरी विद्यार्थीहरुलाई सिकाइका क्रममा उनिहरुले जुन कुराको अभाव महसुस गरिराखेका छन् ती कुराहरुलाई प्राथमिकता दिएर अगाडि बढ्ने प्रयास गरेका छौं ।

    हामीले विद्यार्थीहरुको सर्वाङ्गिण बिकासलाइ विशेष ध्यानमा राखेर सिकाइका साथसाथै अतिरिक्त क्रियाकलापहरुमा पनि बढी ध्यान दिएको हुँदा विद्यार्थीहरुमा सिकाइप्रतिको उत्प्रेरणा जागेको छ ।

    हामीले शिक्षालाई जीवनसंग जोड्ने प्रयास गरेका छौ । स्कूल या कलेज तह देखि हामीले मेनेजमेन्टका विद्यार्थीहरुलाई सैद्धान्तिक संगसंगै प्रयोगात्मक कक्षाहरुको राम्रो व्यवस्था गरेका छौं । यसले विद्यार्थीलाई सिकाइप्रतिको अभिप्रेरणा जागृत गराएको छ भने बुझ्ने कुरामा विकास भएको छ ।

    • हाल कलेजमा कुन–कुन संकायमा अध्यापन भइरहेको छ ? कति विद्यार्थी अध्ययनरत छन् ?

    हाल बिशेष गरि मेनेजमेन्ट र अन्य साइन्स, कानुन संकायमा अध्यापन गराइरहेका छौ। हाल स्कुल मा ५ सय र +२ मा २०० जना विद्यार्थी अध्यायनरत छन।Polish_20220718_104113680.jpg

    • विद्यार्थीहरुका लागि विद्यालयमा अध्ययन गर्ने वातावरण कस्तो छ ?

    काठमाडौको सामाखुसीमा अवस्थित हाम्रो कलेजमा स्वच्छ र शान्तमय बाताबरणमा शिक्षण सिकाइ भइरहेको छ। यहाँ भुकम्प रहित भवन, विद्यार्थीलाई आवश्यक खेलमैदान, स्वच्छ पिउने पानीको व्यवस्था, सौचालयको राम्रो व्यवस्था छ। त्यसैगरी प्रयोगात्मक शिक्षा, बिद्यार्थीको मनोभाबना अनुसारको शिक्षण सिकाइ क्रियाकलाप ब्यवस्थापन हाम्रो अर्जुनदृस्टी रहेकोले सिक्ने वातावरण अत्यन्तै राम्रो छ।

    • विद्यार्थीले बेलमन्ट कलेज नै किन रोज्ने?

    मैले माथी पनि भनिसके कि, प्रयोगात्मक शिक्षा, बिद्यार्थीको मनोभाबना अनुसारको शिक्षण सिकाइ क्रियाकलापमा हामी जोड दिएका छौ। हाम्रो स्कुल कलेजमा न्यून आय भएका अभिभावक देखि निम्न मध्यम आय भएका विद्यार्थी तथा अभिभावकहरुको लागी बिशेष प्राथमिकतामा राखेर मध्यम शुल्कमा गुणस्तरीय शिक्षाको ब्यबस्था गरेका छौ। त्यसका साथसाथै विभिन्न राष्ट्रिय स्तरका प्रतिस्पर्धात्मक खेललकुदमा +2 र स्कुल तहका बिद्यार्थीलाई सभागी गराइदै आएका छौ।

    • शिक्षा क्षेत्रमा आवद्ध हुनुहुन्छ, पछिल्लो समय नेपालमा गुणस्तरीय शिक्षा नहुदा बाहिरिने विद्यार्थी संख्या दिन प्रती दिन बढ्दो छ। अध्यायनकै लागि विद्यार्थी बाहिर जादा बार्षिक अर्बौं पुजि बाहिरिएको छ।  यसलाइ कसरी रोक्ने?

    यसको लागि राज्यको बिशेष भुमिका हुन्छ। राज्यले अबलम्बन गरेको नीति अनुसार हामिले जनशक्ति उत्पादन गर्नेहो जस्तो लाग्छ। यहाबाट सिप सिकाइ , ज्ञान धारणा र आबस्यकता अनुसारको राष्ट्रिय निती अबलम्बन गरि देशको शैक्षिक मेनपावरलाई स्वदेशमै सीप सिकाइ स्वदेशमै  स्वरोजगारको अबसर सृजाना गर्ने अवसर दिनुपर्छ। हाम्रै देशको माटो सुहाउँदो शिक्षा र सीप तथा श्रम संग जेडेर पाठ्यक्रमको निर्माण गर्ने र त्यो अनुरुप रोजगारको सिर्जना गर्नुपर्छ। यसो गर्दा विद्यार्थीहरुलाइ स्वदेशमै पढ्ने हौसला समेत प्राप्त भइ आफ्नै देशमा पेढ्न अभिप्रेरित हुन्छन।

    • कलेजका आगामी योजनाहरु के-के छन् ?

    हामीले आगामी दिनमा कलेजलाई नयाँ उचाईँमा पुर्‍याउने र यसमा हुनसक्ने विभिन्न कार्यक्रमहरुको बारेमा कस्तो कार्यक्रम संचालन गर्न सकिन्छ, भन्ने कुरालाई लिएर हामीबीच छलफल भइरहेको छ । भएका कार्यक्रमहरुलाई प्रभावकारीरुपमा अघि बढाउने, प्लस-टू मा भएका विद्यार्थीहरुलाई खुसीसाथ यहाँबाट जाने वातावरण बनाउने योजना रहेको छ। त्यसैगरि अर्को बर्ष बाट स्नातक तह संचालन गर्ने योजना रहेको छ । अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने सक्ने जनसक्ती उत्पादन गरि संस्थागत पहिचान बनाउने लक्ष रहेको छ।

    • अन्त्यमा पछिल्लो समय युवाहरु कुलतमा फस्दै गएको परिप्रेक्षमा कलेजले विद्यार्थीहरुलाई कुलतमा फस्न नदिन के गरिरहेको छ ?

    कुलतमा फस्न नदिने पहिलो कुरा नैतिक शिक्षा हो। हामिले नैतिक शिक्षालाइ पाठ्यक्रम संगै जोडेर लैजान पर्छ। पछिल्लो समय युवा पुस्तामा बढ्दै गएको कुलतको विषय घरदेखि नै जागरुक हुनुपर्ने विषय हो भन्ने मलाई लाग्छ । विद्यार्थीहरु एसईई पास गरेर जब कलेज प्रवेश गर्छन्, त्यसबेला उनिहरुलाई फरक खालको अनुभूति हुन्छ । पहिलो कुरा विद्यार्थीहरु विद्यालयको साघुरो घेरामा शिक्षकहरुको एकदमै प्रेसरमा रहेर जुन अध्ययन गरेका हुन्छन् त्यसपछि कलेजमा प्रवेश गर्ने बित्तिकै उनिहरुले एकखालको स्वतन्त्र भएको महसुस गर्छन् ।

    अर्को कुरा अहिलेका अभिभावकहरुले आफ्ना बालबालिकालाई धेरै माया र अति धेरै सुख सुविधामा हुर्काएका हुन्छन् कि त्यो सुख सुविधाको बालबालिकाहरुले दुरुपयोग गरिरहेका हुन्छन् । एसईई पछिको स्वतन्त्रता, साथीहरुको संगत र कलेजहरुले गरेको वेवास्ताका कारण विद्यार्थीहरु कुलतमा फसेका हुन्छन् । कुलत भन्नाले नसालु पद्धार्थ खानु मात्रै होइन, आधुनिक ग्याजेटसहरुप्रतिको लगाव पनि कुलत नै हो । जसलाई हामी डिजिटल सिक्नेस पनि भन्ने गर्दछौं । नसालु पद्धार्थले मात्रै होइन अहिले डिजिटल सिक्नेसले पनि उनिहरुलाई कुलतमा फसाएको छ ।

    त्यसैगरी कुलतबाट जोगाउन उनिहरुको मनोभाबना र समस्या / कममजोरी बुझी स्कुल प्रसासन ले तेस्तो ब्याक्तीको पहिचान गरि परामर्सको ब्यबस्था गरेको , समस्याको प्रकृती हेरि तेस्तो ब्याक्तीलाई बिज्ञबाट उनिहरुको राम्रा माग पूरा गरि बेला बेलामा उनिहरुको रुचिको सम्बोधन गर्ने । 

    images
    सोमवार, श्रावण २ २०७९११:०४:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार