Jul 27 2026 | २०८३, श्रावण ११ गते

गुणस्तरीय शिक्षाका लागी काठमाडौ बर्नहार्ट स्कुल/कलेज नेपालकै उत्कृष्ट ।

गुणस्तरीय शिक्षाका लागी काठमाडौ बर्नहार्ट स्कुल/कलेज नेपालकै उत्कृष्ट ।

  • 2.6K
    SHARES

  • गुणस्तरीय शिक्षाका लागी काठमाडौ बर्नहार्ट स्कुल/कलेज नेपालकै उत्कृष्ट ।

    साउन, ५ काठमाडौ । नेपालको शैक्षिक क्षेत्रमा काठमाडौ बर्नहार्ट कलेजले आफ्नो छुट्टै र बिशिष्ट पहिचान बनाइसकेको छ। २०५७ साल असार १४ गते स्थापना भएको काठमाडौ बर्नहार्ट फाउन्डेसन द्वारा संचालित बर्नहार्ट स्कुल /कलेज अध्ययन र अध्यापनको क्षेत्रमा ठूलो छलाङ मारेको छ ।

    विश्वविद्यालय अनुदान आयोगबाट अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त बर्नहार्ट त्रिभुवन विश्वविद्यालयबाट क्यूएए मान्यता पाउने पहिलो कलेज पनि हो ।Screenshot_20220721-164813_Facebook.jpg

    स्थापना कालदेखि नै यस कलेजले बार्षिक परीक्षाहरुमा पटकपटक सर्वोत्कृष्ट नतिजा ल्याउन सफल तथा IOM, IOE, MOE, KU जस्ता संस्थाहरुले लिने परिक्षामा समेत निरन्तर रुपमा छात्रवृत्ति कोटामा यस कलेजका विद्यार्थीहरु अग्र स्थानमा पर्नु, ब्यवस्थापन संकायको स्नातक तहमा पनि त्रिभुवन बिश्वबिद्धालयको बार्षिक परीक्षामा प्रथम हुनु र पटकपटक NEB को बार्षिक परिक्षामा उत्कृष्ट स्थान ल्याउन सफल हुनुले पनि कलेजले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि गरेको कठोर परिश्रमलाई प्रमाणित गर्दछ। जसको फलस्वरूप नेपाल सरकार -शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयले काठमाडौ बर्नहार्ट कलेजलाई उत्कृष्ट निजी महाबिधालय /कलेज-२०७६ को रुपमा सम्मानित गर्नुका साथै NEB द्वारा लिइएको बार्षिक परिक्षा -२०७६ मा Anish Khanal ले 3.93GPA प्राप्त गरि NEB Board Top गर्नुले पनि कलेजले आफ्नो अब्बलतालाई प्रमाणित गर्दछ।FB_IMG_1658399365416.jpg

    काठमाडौ बर्नहार्ट कलेजले अबलम्बन गरेको महत्वपूर्ण शिक्षण पद्धति भनेकै विद्यार्थी केन्द्रित पठनपाठन पद्धति हो।यस संस्थाले स्कुलतर्फ नर्सरी देखि कक्षा १० सम्म माध्यमिक तह कक्षा ११ र १२ तर्फ बिज्ञान ,व्यवस्थापन र मानविकी संकायका बल्खुमा साथै स्नातक तर्फ BBS, BASW, BSc.CSIT, BCA, BBM र स्नातकोत्तर तह अन्तर्गत MBS(TU) शिक्षा बाफलमा प्रदान गर्दै आइरहेको छ।

    विद्यार्थीहरुको क्षमताअनुसारको शिक्षा दिनु नै बर्नहार्टको प्रमुख विशेषता हो । अब्बल विद्यार्थीलाई एक्ट्राअर्डीनरी बनाउन र कमजोर विद्यार्थीलाई प्रतिस्पर्धा गर्न लायक बनाउन यो कलेज हरपल सफल देखिन्छ । जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको वर्नहार्टले अनुसासित वातावरणमा अध्यापन गराउँदै आएको छ । अत्याधुनिक भौतिक संरचना, आधुनिक ल्याब, पुस्तकालय, खेल मैदान यो कलेजका विशेषता हुन् ।FB_IMG_1658399907267.jpg

    यसैक्रममा कलेजको शैक्षिक, भौतिक तथा विद्यार्थीहरुको अध्ययनको विषयसंग सम्बन्धित रहेर विद्यार्थी मिडिया याण्ड टेक्नोलोजी अन्तर्गत bidharthi.com का सम्पादक टंक प्रसाद जोशि ले काठमाडौ बर्नहार्ट कलेजका प्रीन्सिपल अमृत बाबू भट्ट संग  गरिएको कुराकानी जस्ताको तेस्तै ।Screenshot_20220721-162836_Chrome.jpg

    • बर्नहार्ट कलेज÷एकेडमी यस क्षेत्रकै उत्कृष्ट कलेजको रूपमा कसरी स्थापित भयो ? नतिजा कस्ता आइरहेको छ ?

    – बर्नहार्ट कलेजले आफ्नो २३ वर्ष पूरा गरिसकेको छ । राष्ट्रिय र अन्तराष्ट्रिय शैक्षिक जगतमा समेत ख्याति कमाइ सक्नु भएका ५ जना शिक्षाविद्हरू निरन्तर एउटै लगावका साथ यो संस्था सञ्चालनमा आबद्ध हुनुहुन्छ । सायद हामी कीर्तिपुर केन्द्रीय क्याम्पसको नजिकै भएर पनि होला हाम्रो शिक्षक टिम सम्भवत सबैभन्दा चुस्त, उच्च स्तरको र दिगो हुनुहुन्छ । हामीलाई देशभरिबाट आउने शिक्षक, कर्मचारी, प्रध्यापक, किसान र मध्यम व्यापारिहरूको छोरा छोरी पढ्न आइदिएकाले निश्चत रूपमा विद्यार्थीहरू बढी नै सिकाइमा उद्दत छन् । त्यसैले होला आज यो संस्था उत्कृष्ट संस्थाको रूपमा स्थापित भएको । हामीले प्रत्येक वर्ष ९७% को हाराहारीमा बोर्ड परीक्षाको नतिजा हासिल गर्दै आएका छौं । २०७६ सालमा NEBBoard Top गर्ने अनिस खनाल यहाँको विद्यार्थी थिए । त्यसपछि कोभिडले केन्द्रीय नतिजा प्रकाशित गर्न दिएन आसा छ यो वर्ष पनि हामी राम्रो गर्ने छौं ।Screenshot_20220721-162917_Chrome.jpg

    • बर्नहार्ट कलेजले विद्यार्थीको कुन पक्षलाई ध्यानमा राखेर अध्यापन गराइरहेको छ ?

    – बर्नहार्टमा हामी शिक्षकहरूको तालिमलाई विशेष महत्व दिने गर्छौ । यो हाम्रो नियमित अभ्यास हो । हाम्रा अध्यापकहरू विद्यार्थीको शिक्षण शिकाइमा सहभागिता मूलक क्रियाकलापबाट शिक्षा दिनु हुन्छ । विद्यार्थीलाई प्रोत्साहन र हौसलाको माध्यमबाट सक्रिय गराउँदै साधारण ज्ञानदेखि जटिल र रचनात्मक ज्ञानतर्फ उन्मूख गछौं ।

    • हाल कलेजमा कुन–कुन फ्याकल्टी अध्यापन भइरहेको छ ? कति विद्यार्थी अध्ययनरत छन् ?

    – अहिलेको शिक्षा संरचनाले विद्यालय तहमा कुनै पनि फ्याकल्टी परिकल्पना गर्दैन । जहाँसम्म यहाँले भन्नु भए जस्तै कक्षा ११ र १२ मा गरी हामीसँग करिब १८०० को हाराहारीमा विद्यार्थी पढ्दै आइरहेका छन् । हामीले विज्ञान र व्यवस्थापक तर्फका विषयहरू पढाइ रहेका छौं ।Screenshot_20220721-163117_Chrome.jpg

    • विद्यार्थीहरूका लागि विद्यालयमा अध्ययन गर्ने वातावरण र ल्याबहरूको व्यवस्था कस्तो छ ?

    – बर्नहार्ट अनुशासित वातावरणको पढाइका लागि निश्चित रूपमा अब्बल छ । त्यसैले गर्दा हाम्रो बर्नहार्ट आल्मुनाइ आफ्ना भाइ बहिनी र आफ्नै बाबु नानीहरू पनि यहाँ नै पढाउने गरिरहेका छन् । ल्याबहरूमा र अन्य भौतिक सुविधामा हामी उच्च गुणस्तरका छौं ।

    • विद्यार्थीले बर्नहार्ट कलेज नै किन रोज्ने ?

    – हाम्रो विद्यार्थीहरूले २०५८ सालमा बोर्ड टप गरेदेखि यता २०७६ साल सम्ममा ६ पटक बोर्डको सर्वोत्कृष्ट नतिजा ल्याइसके र हरेक वर्ष मेडिकल र इन्जिनियरिङको प्रवेश परीक्षामा हाम्रो रिजल्ट ट्राक अत्यन्त राम्रो छ । हामीले अवलम्बन गरेको शिक्षण पद्धति, नियमित Weekly Exam regular pre-medical and pre- engineering classes सहभागिता मूलक सिकाइ, नियमित नेतृत्व विकास क्रियाकलाप, उत्कृष्ट शिक्षक टिम, उच्च स्तरको भौतिक सुविधा, विद्यार्थी केन्द्रित पठनपाठन पद्धति र औचित्यपूर्ण शैक्षिक शुल्क आदिका कारणले बर्नहार्ट रोज्नुपर्ने भएको हुन सक्छ ।Screenshot_20220721-163157_Chrome.jpg

    • कलेजको भौतिक संरचना, ल्याब, पुस्तकालय, खेलकुदको व्यवस्था कस्तो छ?

    हाम्रो संस्थाको भौतिक भूर्वाधार उत्कृष्ट छ । ल्याब र पुस्तकालय उच्च स्तरका छन् । हामी विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा नियमित रूपमा नेतृत्व विकासका क्रियाकलापहरूलाई जोड दिन्छौं । हाम्रो विद्यालय परिसरमा स्तरीय बास्केटबल र फुटसल कोर्ट सञ्चालनमा छ । 

    • शिक्षा क्षेत्रमा (नेपाली र इन्डियन) धेरै वर्षदेखि आबद्ध हुनुहुन्छ, पछिल्लो समय नेपालमा गुणस्तरीय शिक्षा नुहँदा बाहिरिने विद्यार्थी संख्या दिन प्रति दिन बढ्दो छ । अध्यायनकै लागि विद्यार्थी बाहिर जादा वार्षिक अर्बौ पुँजी बाहिरिएको छ । यसलाई कसरी रोक्ने ?

    – यहाँले भन्नु भएको सही हो । म १२ वर्ष इन्डियन र १४ वर्षदेखि नेपाली शिक्षा क्षेत्रमा काम गरिरहेको छु । अहिले आएर नेपाली विद्यालय शिक्षालाई अन्तराष्ट्रिय स्तरको मान्न सकिने प्रसस्त आधारहरू छन् । फेरि पनि नियमनकारी निकायले पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा, तालिम जस्ता मुलभूत क्रियाकलापमा अब्बल रूपमा प्रस्तुत हुन बाँकी नै छन् । सरकारी निकाय पनि उच्च शिक्षामा अलमलको अवस्थामा छ । केही सामाजिक जीवनले पनि बाह्य आकर्षण बढाएको छ । उच्च शिक्षालाई ज्ञान र रोजगारीसँग जोड्नलाई सरकारी प्रयास अपुग छ । यसमा विशेष कार्यक्रम चाहिएको छ ।

    • शैक्षिक क्षेत्रमा यहाँको लामो अनुभव छ । नेपालको शिक्षा र शैक्षिक प्रक्रियामा समस्या के के हुन् ? र यसलाई निराकरण गर्न के गर्नुपर्ला ?

    – नेपालको वर्तमान स्कुल शिक्षामा सरकारको सम्पूर्ण लगानी सामुदायिक विद्यालय केन्द्रित छ । जवकी अधिकांश नतिजा संस्थागत विद्यालयको छ । मलाई लाग्छ सरकारको शिक्षामा भएको लगानीलाई पुर्नविचार गर्नुपर्छ संस्थागत विद्यालयलाई अन्य आँखाबाट हेर्ने कुरा गलत छ । यहाँको सामुदायिक विद्यालयका शिक्षक साथीहरूले पनि सरकारी जागिर र नेताका झोला मध्य एउटा रेज्नुपर्छ होला ।Screenshot_20220721-163138_Chrome.jpg

    जहाँसम्म शैक्षिक प्रक्रियाको कुरा छ, ज्ञान र सीप केन्द्रित भएर रोजगारीको अवसर पाउने शिक्षाको लागि विद्यार्थीहरूलाई समय सापेक्ष बनाउँदै लानु पर्ने अहिलेको आवश्यकता छ । यसको एउटै उपाय भन्ने त होइन तर पनि शैक्षिक नेतृत्व हरेक तहमा उत्तरदायी हुनुपर्छ । शिक्षक वर्गको काम प्रतिको लगावलाई प्रोत्साहन गर्नुपर्छ । समय छिटो छिटो परिवर्तन भइरहन्छ शैक्षिक क्रियाकलापहरू पनि समय सापेक्ष बदल्दै लानु पर्ने हुन्छ । सरकारको शैक्षिक जिम्मेवारी भनेको सरकारी स्कुलमा तलब भत्ताको जोहो गर्नुमा मात्रै सीमित रहनु हुँदैन । समय सान्र्दभिक शिक्षा व्यवस्था मिलाउने दुरदर्शिता भएको नेतृत्वको आवश्यकता छ ।

    • कलेजका आगामी योगनाहरू के के छन् ?

    – कलेजले भर्खरै भौतिक सुविधालाई स्तर उन्नति गरिसकेको छ । यो प्रक्रिया नियमित रहन्छ । हामीले भर्खरै काठमाडौं क्षेत्रको १०० वटा प्रिन्सिपलहरूको कार्यशाला सम्पन्न गर्याे । समाजजन्य शैक्षिक समस्याहरूमा छलफल गरी घोषणापत्र तयार ग¥यो । यसलाई क्षेत्रीय रूपमा काम गर्दै जाने योजना बनाएका छौं । हाम्रो संस्थाले पूर्व प्राथमिक विद्यालयको लागि नयाँ योजना अगाडि सरेको छ । नेपालको विद्यालय शिक्षालाई संस्थागत विद्यालयको नमुना बनाएर अगाडि  बढिरहेकै छौं । आशा गरौं यो हाम्रो अभियान राष्ट्रियव्यापी बन्दै जानेछ ।

    • अन्त्यमा पछिल्लो समय युवाहरू कुलतमा फस्दै गएको परिप्रेक्षमा कलेजले विद्यार्थीहरूलाई कुलतमा फस्न नदिन के गरिरहेको छ ?

    – कुलत, एकल अभिभावक, दीर्घरोग जस्ता समस्याहरू समाज परिवर्तनले बढाउँदै गएको कुरा सबै जानकार छौं । यसमा हाम्रो संस्था विशेष चनाखो छ, हामी विज्ञ काउन्सिलरबाट यस्तो समस्यामा भएका विद्यार्थीहरूलाई काउन्सिलिङको सेवा पु¥याउँछौं । अभिभावक र सम्बन्धित पक्षहरूसँग विज्ञले नियमित छलफल गर्ने गर्छौं साथै नियमित फलोअप गर्ने गर्छौ ।

    #अन्मृत बाबू भट्ट: प्रीन्सिपल काठमाडौ बर्नहार्ट स्कुल/ कलेज 

    images
    बिहिवार, श्रावण ५ २०७९०५:३४:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार