शुक्रवार, श्रावण ६ २०७९
साउन, ६ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ। बोर्डले लोकसेवा आयोग बाट सहमती गरि बोर्ड र बोर्ड अन्तर्गतका विभिन्न कार्यलयहरुमा रिक्त रहेका पदहरुमा दर्खास्त आह्वान गरेको हो।
खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी बोर्डले आज गोरखापत्रमा जारी गरेको सूचना अनुसार खुल्ला तर्फ ७३ र आन्तरिक बढुवा तर्फ ११३ जनाको लागि दर्खास्त आह्वान गरेको जनाइएको छ।
बोर्डले कर्मचारीको सेवा, सर्त र सुविधा सम्बन्धी विनियम, २०७६ को विनियम २२ (२), ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा तथा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले बोर्ड र बोर्ड अन्तर्गतका कार्यालयहरूमा कार्यरत कर्मचारीहरूमध्ये राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको सेवा, सर्त र सुविधा सम्बन्धी विनियम, २०७६ को विनियम २२ (२) बमोजिम र शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा ४ ङ को (४) एवं बोर्डको कर्मचारी सेवा सर्त तथा सुविधा सम्बन्धी विनियम २०७६ को विनियम ९(२) को (११) र (१२) बमोजिम दरखास्त आव्हान गरेको जनाएको छ।
खुलातर्फ तोकिएको योग्यता पुगेका उम्मेदवारहरूबाट सूचना प्रथम पटक प्रकाशन भएको मितिले ३० दिनभित्र अर्थात २०७९ भदौ ४ गते नियमित शुल्कमा र दोब्बर शुल्क तिरी थप ७ दिन अर्थात २०७९ भदै ११ गतेभित्र दरखास्त दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
त्यसैगरी बढुवा तर्फको दरखास्त फाराम भदौ ४ सम्म बुझाउन सकिनेछ । यदि उक्त दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको पहिलो दिन बुझाउन सकिने सूचनामा उल्लेख गरिएको छ ।
बिस्तृत जानकारिको लागि राष्ट्रिय परिक्षा बोर्डको आधिकारिक वेबसाईट www.neb.gov.np मा गएर हेर्न सकिने छ।


