आइतवार, श्रावण ८ २०७९
साउन, ८ काठमाडौ । सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा विकास तथा समन्वय एकाइको नाम परिवर्तन पुनः शिक्षा बिभाग र जिल्ला शिक्षा कार्यालय नै नामकरण गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी बस्ने मन्त्रिपरिषद्को बैठकमा नाम परिवर्तनको प्रस्ताव गर्ने बताइएको छ ।
मन्त्रालयको प्रस्तावमा २०७५ साल साउन १ गतेबाट तत्कालीन शिक्षा विभागको नाम परिवर्तन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र र जिल्ला शिक्षा कार्यालयको नाम शिक्षा विकास तथा समन्वय एकाइ नामाकरण गरेको थियो ।
यसअघि नाम भद्दा र लामो भएको भन्दै शिक्षा विभागका तत्कालीन महानिर्देशक बाबुराम पौडेलले सामान्य प्रशासन मन्त्रालयमा प्रस्ताव समेत पुर्याएका थिए तर तेतिबेला उनको सो प्रस्तव फिर्ता पठाइएको थियो । #इडियुपत्र