Oct 07 2026 | २०८३, आश्विन २१ गते

जिपिए चार ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार दिने इलिक्सर एकेडेमीको घोषणा।

जिपिए चार ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार दिने इलिक्सर एकेडेमीको घोषणा।

  • 435
    SHARES

  • जिपिए चार ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार दिने इलिक्सर एकेडेमीको घोषणा।

    साउन, २० काठमाडौ । काठमाडौं, कुमारीगालमा रहेको इलिक्सर एकेडेमीले आफ्नो विद्यालयबाट २०७८ सालको एसइई परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरेको छ । विद्यालयले एसइईमा सहभागी ४५ जना विद्यार्थीमध्ये २ जना विद्यार्थी प्रतीक पौडेल र कृतिका सिवाकोटीलाई एक लाख रुपैयाँका दरले पुरस्कृत गर्ने भएको हो ।

    यस बर्षको एसइईमा देशभरबाट ४२ जना विद्यार्थीहरुले ४ जिपिए ल्याएकोमा काठमाडौं जिल्लाका १० जना विद्यार्थीमध्ये आफ्नो विद्यालयबाट दुईजना पर्न सक्नु सफलताको मापक भएको भन्दै विद्यालयले पुरस्कृत गर्ने घोषणा गरेको जनाएको छ ।

    इलिक्सर एकेडमी (विद्यालयका) प्रधानाध्यापक रविन दाहालले  देशलाई विश्वका विकसित मुलुकको दाँजोमा पुर्‍याउन सक्ने २१औँ शताब्दी सुहाउँदो योग्य, सक्षम, इमानदार एवं कर्तव्यनिष्ट नागरिक तयार गर्नु विद्यालयको प्रमुख उद्देश्य रहेको बताए । उहाले हरेक बर्ष विद्यार्थीहरुले राम्रो नतिजा ल्याएको भन्दै पुरस्कारले विद्यार्थीमा मिहिनेत गरेपछि प्रतिफल प्राप्त हुन्छ भन्ने भावनाको विकास गराउने उनको धारणा ब्यक्त गर्नुभयो।

    प्रधानाध्यापक दाहाल भन्छन्, 'आउँदा वर्षहरूमा पनि ४ जिपिए ल्याउने विद्यार्थीलाई एक–एक लाखको पुरस्कार प्रदान गरिनेछ ।’ विद्यालयका अंग्रेजी शिक्षक उमेश अधिकारीले यो वर्ष काठमाडौं जिल्लामा उत्कृष्ट विद्यालय ठहरिए पनि आगामी वर्षहरूमा देशकै एक नम्बर विद्यालय बन्ने लक्ष्य रहेको बताए । 

     

    images
    शुक्रवार, श्रावण २० २०७९०४:३३:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार