Oct 07 2026 | २०८३, आश्विन २१ गते

विद्यालय भवन भत्किदा ४ जना विद्यार्थी घाइते, एक गम्भिर ।

विद्यालय भवन भत्किदा ४ जना विद्यार्थी घाइते, एक गम्भिर ।

  • 688
    SHARES

  • विद्यालय भवन भत्किदा ४ जना विद्यार्थी घाइते, एक गम्भिर ।

    साउन, २२ काठमाडौ । जुम्ला जिल्लामा बिद्यालय भवन भत्किदा ४ जना विद्यार्थी घाइते भएका छन। जिल्लाको पातारासी गाउँपालिकामा, ३ हुरीमहरीमा रहेको सरस्वती आधारभूत विद्यालयको भवन भत्किँदा चार जना विद्यार्थी घाइते भएका हुन।

    कक्षा सञ्चालन भइरहेको समयमा विद्यालय भवन भत्किएपछि विद्यार्थी घाइते भएको शिक्षक डिल्ली बुढाले जनाए। उनका अनुसार घाइते हुनेमा कक्षा ३ र ४ का विद्यार्थी रहेका छन भने ती मध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ।

    विद्यालयको ३ कोठे भवन भवन निकै पुरानो र जीर्ण भएकोले भत्किएको उनले बताए । विद्यालय भवन भत्किने बित्तिकै पालिकालाई खबर गरेको र पालिकाबाट टोली विद्यालयमा आउन लागेको जानकारी विद्यालयले दिएको छ । त्यसैगरी घटना स्थलमा प्रहरी समेत हिडिसकेको बताइएको छ।#kantipur

     

    images
    आइतवार, श्रावण २२ २०७९०१:०९:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार